Wednesday, August 26, 2026
spot_img
spot_img

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घण्टा सञ्चालनमा आउने

spot_img

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १८ घण्टा सञ्चालन गर्न लागेको हो ।

कात्तिक २३ गतेदेखि स्तरोन्नतिका लागि घटाइएको विमानस्थलको सञ्चालन अवधि मार्च ३१ अर्थात् चैत १८ गते सोमबारसम्म दैनिक १४ घण्टा मात्रै थियो । विमानस्थलको स्तरोन्नति कार्य आंशिक रूपमा सम्पन्न भएसँगै अब दैनिक १८ घण्टा सञ्चालनमा आउने भएको हो ।

क्यानले सोही अनुसार समर सिजनको फ्लाइट सेड्युलसमेत निर्धारण गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाका अनुसार अब काठमाडौं विमानस्थल बिहान ६ बजे खुल्नेछ भने राति १२ बजे बन्द हुनेछ । यसअघि विमानस्थलको सञ्चालन अवधि बिहान ८ बजेदेखि बेलुकी १० बजेसम्म रहेको थियो ।

तर, स्तरोन्नति सुरु हुनुअघि विमानस्थल राति साढे २ बजेसम्म सञ्चालन हुँदै आएको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढीमा परेर जलविद्युत क्षेत्रमा कार्यरत १९६ जना वेपत्ता

भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजना...

भोटेकोशी बाढी पश्चात बीमक संघको प्रतिवद्धताः दाबी भुक्तानी द्रूत गतिमा गर्छौँ

नेपाल बीमक संघले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको...

भोटेकोशी बाढीः सिम्रिक एयरद्वारा दिनभर उद्दार उडान

भोटकोशी बाढीका कारण जनजीवन अस्तव्यस्त भएपछि निजी क्षेत्रको हेलिकप्टर...

स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’

जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो...

३८९७ अर्ब पुग्यो नेपालको विदेशी विनिमय सञ्चिति

नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेको छ । राष्ट्र...

मुक्तिनाथ म्युचुअल फण्ड २ ले धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई...