पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हवाई उडान सुरु भएको छ । नियमित उडान तालिका अनुसार पोखरा विमानस्थलमा ल्हासाबाट आएको हिमालय एयरलाइन्सको जहाज अवतरण गरेको छ ।
यससँगै हिमालय एयरलाइन्स पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान थाल्ने पहिलो वायुसेवा कम्पनी बनेको छ ।
आज अवतरण गरेको हिमालयको जहाजमा १ सय ७ यात्रु थिए । यसमध्ये ३२ चिनियाँ र ७५ नेपाली नागरिक आएका छन् । उनीहरूलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र नेपालका लागि चिनियाँ राजदूत छेन सङले स्वागत गरे ।
उक्त जहाज अब मंगलबार पोखराबाटै ल्हासा लागि उड्ने छ ।
हिमालयले पोखरा–ल्हासा रुटमा हप्तामा एक नियमित उडान सुरु गरेको हो ।









