Friday, July 10, 2026
spot_img

यती एयरद्वारा सुर्खेत र धनगढीमा परीक्षण उडान सम्पन्न

spot_img

यती एयरलाइन्सले सुर्खेत र धनगढी विमानस्थलमा परीक्षण उडान गरेको छ । यती एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार यतीको ९ एन–एएमएन एटीआर ७२ विमानले शनिबार नेपालगञ्जबाट सुर्खेत विमानस्थल र धनगढी विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान गरेको हो ।

नेपालगञ्ज विमानस्थलबाट उडेको यतीको जहाज सुर्खेत विमानस्थलमा शनिबार दिउँसो १२ः१७ मा अवतरण गरेको थियो । नेपालगञ्जबाटै उडेको सोही विमान दिउँसो २ः४५ बजे धनगढी विमानस्थलमा अवतरण गरेको थियो ।

परीक्षण उडानलाई कम्पनीका प्रशिक्षक पाइलटहरू क्याप्टेन समर्थरत्न तुलाधर र क्याप्टेन राजु राजवंशीले उडान भरेका थिए । उडान अवलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र यती एयरलाइन्सका प्राविधिकहरु साथमै गएका थिए ।

यसअघि फागुन गत २० गते मंगलबार यती एयरलाइन्सले राजविराज विमानस्थलमा पनि सफलतापूर्वक परीक्षण उडान सम्पन्न गरिसकेको छ ।

यतीले हाल ७ वटा एटीआर ७२ विमानमार्फत नियमित रूपमा उडान गर्दै आएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

साउनदेखि UDIN नम्बर अडिटरको मोबाइलमा मात्र आउने, इमेल सेवा बन्द

आगामी साउनदेखि अडिटरहरुले लिनु पर्ने Unique Document Identification Number...

आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सर्टलिस्ट

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ६...

खोटाङदेखि भारतीय शेयरबजारसम्मको यात्रा, दीप जङ्ग थापाको कम्पनी BSE मा सूचीकृत

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई)...

सिबिफिनले भन्यो, ‘मौद्रिक नीति सन्तुलित, केही महत्वपूर्ण सुझाव भने समेटिएनन्’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र...

नाइमा मोबिलिटी एक्स्पोः यी हुन् ५१ स्टलमा रहने ब्राण्ड, कति छन् नयाँ लन्च ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना...

सेबोनले भन्यो ‘अर्को सातासम्म पुँजीबजार विकास मार्गचित्र आउँछ, सुझबुझपूर्वक लगानी गर्नु’

नेपाल धितोपत्र बोर्डले आगामी साता सम्ममा पुँजी बजार विकास...
spot_img