निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले भ्यालेन्टाइन डे अफर सार्वजनिक गरेको छ । एयरलाइन्सले १४ फेब्रुअरीमा मनाइने भ्यालेन्टाइन डेलाई थप स्मरणीय मनाउन उक्त अफर ल्याएको हो ।
बुद्ध एयरका अनुसार उक्त अफर अन्तर्गत ग्राहकले पर्वतीय उडान (माउन्टेन फ्लाइट)मा एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा पाउने छन् । यस अफरमा एकजना यात्रुलाई झ्याल र सँगैको सिट दिइने एयरलाइन्सले जनाएको छ ।
त्यस्तै, उडानमा जोडी यात्रुलाई चकलेट, गुलाबको फुल, चिया स्पटको मिठो खाजा खानाका लागि डिस्काउन्ट भौचर समेत दिइने बुद्धले जनाएको छ ।
त्यसैगरी, एयरलाइन्सले गोलाप्रथाबाट छानिने ३ जना जोडी यात्रुका लागि दलाई–ला–बुटिक होटलमा दुई दिन एक रातको प्याकेज तथा अन्य सबै यात्रुहरूका लागि डिस्काउन्ट भौचर दिनेछ ।
साथै, ५ जना जोडी यात्रुलाई चन्द्रागिरी केबलकारको आउजाउ टिकट उपलब्ध गराइने एयरलाइन्सले जनाएको छ ।