Friday, July 10, 2026
spot_img

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु शुल्क छुट, भाडा घट्ने

spot_img

सरकारले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु शुल्क छुट दिन गरेको निर्णय कार्यान्वयनमा आएको छ । मन्त्रिपरिषदको साउन २८ गतेको बैठकले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने कार्यविधि स्वीकृत गरेको ६ महिनापछि कार्यान्वयनमा आएको हो ।

मन्त्रिपरिषद बैठकले अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सहरुलाई आकर्षण गर्न स्वीकृत गरेको कार्यविधिमा २०८३ भदौ मसान्तसम्म पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा हवाई टिकटमा लगाउने गरिएको ३ हजार रुपैयाँ यात्रु शुल्क पूर्णरुपमा छुट गर्ने उल्लेख छ ।

यसअघि उक्त कार्यविधि स्वीकृत भएको मितिले ७ दिनभित्रमा कार्यान्वयन गर्ने भनिएपनि बल्ल कार्यान्वयनमा आएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहका अनुसार यात्रु सेवा शुल्क हटाउने निर्णय कार्यान्वयनमा आएसँगै अब यी विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुहरुको भाडा ३ हजार रुपैयाँ घट्नेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

साउनदेखि UDIN नम्बर अडिटरको मोबाइलमा मात्र आउने, इमेल सेवा बन्द

आगामी साउनदेखि अडिटरहरुले लिनु पर्ने Unique Document Identification Number...

आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सर्टलिस्ट

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ६...

खोटाङदेखि भारतीय शेयरबजारसम्मको यात्रा, दीप जङ्ग थापाको कम्पनी BSE मा सूचीकृत

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई)...

सिबिफिनले भन्यो, ‘मौद्रिक नीति सन्तुलित, केही महत्वपूर्ण सुझाव भने समेटिएनन्’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र...

नाइमा मोबिलिटी एक्स्पोः यी हुन् ५१ स्टलमा रहने ब्राण्ड, कति छन् नयाँ लन्च ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना...

सेबोनले भन्यो ‘अर्को सातासम्म पुँजीबजार विकास मार्गचित्र आउँछ, सुझबुझपूर्वक लगानी गर्नु’

नेपाल धितोपत्र बोर्डले आगामी साता सम्ममा पुँजी बजार विकास...
spot_img