Thursday, August 27, 2026
spot_img
spot_img

नेपालमा ५५ विमानस्थल: ३५ वटा चल्छन्, २० वटा चल्दैनन् ? (सूचीसहित)

spot_img

नेपालमा अन्तराष्ट्रिय र आन्तरिक गरि कुल ५५ वटा विमानस्थल रहेपनि २० वटा विमानस्थल भने हाल संचालनमा नरहेको पाईएको छ। नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार हाल नेपालमा ३ वटा अन्तराष्ट्रिय र ५२ वटा अन्तरिक गरि कुल ५५ वटा विमानस्थल रहेको छ। ५२ वटा अन्तरिक विमानस्थल मध्ये ३ वटा हब विमानस्थल रहेको छ।

नेपालमा अन्तराष्ट्रिय विमानस्थलको रुपमा काठमाडौँमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, भैरहवामा गौतम बुद्द अन्तराष्ट्रिय विमानस्थल र पोखरामा पोखरा अन्तराष्ट्रिय विमानस्थल रहेका छन् । त्यस्तै अन्तरिक तर्फको ३ वटा हब विमानस्थलको रुपमा विराटनगर, नेपालगंज र धनगढीको विमानस्थल रहेका छन् । यी बाहेक थप २९ वटा अन्तरिक विमानस्थल संचालनमा छन् ।

 संचालनमा रहेका अन्य २९ विमानस्थल 

वैतडी, बझाङ, बाजुरा, भरतपुर, भोजपुर, चन्द्रगढी, दाङ, डोल्पा (जुफाल), डोटी, फाल्गुनन्द सुकिलुम्बा (इलाम), गुल्मी रेसुङ्गा, जनकपुर, जोमसोम, जुम्ला, खानीडाँडा, पोखरा, फाप्लु, राजविराज, रामेछाप, रारा, सल्ले (रुकुम), साँफेबगर, सिमरा, सिमिकोट, सुर्खेत, ताप्लेजुङ, तेन्जिङ हिलारी (लुक्ला), थामखर्क, र तुम्लिङटार ।

संचालनमा नरहेका २० विमानस्थल  

बाग्लुङ, चौरजहारी (रुकुम), दार्चुला, ढोरपाटन, पालुङटार (गोरखा), जिरी, कालिकोट, कमल बजार, काँगेलडाँडा, खिजी चन्डेश्वरी, लाङटाङ, लामिडाँडा, महेन्द्रनगर, मनाङ, मसिनेचौर (डोल्पा),  मेघौली, रोल्पा, रुम्जाटार, स्याङबोचे, र टिकापुर ।

संचालनमा रहेका विमानस्थल मध्ये पनि १० वटामा मात्र रातको समयमा संचालन गर्न सकिने सुविधा छन् । ३ वटा अन्तराष्ट्रिय विमानस्थल, तथा विराटनगर, चन्द्रगढी, धनगढी, जनकपुर, नेपालगंज, सिमरा, र राजविराजमा मात्र रातमा उडान संचालन गर्न सकिने सुविधा छ ।

यी बाहेक भक्तपुरको नलिन्चोकमा हेलिकप्टरहरुको लागि हेलिपोर्ट रहेको छ। त्यस्तै हाल निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको प्रक्रियामा रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढीमा परेर जलविद्युत क्षेत्रमा कार्यरत १९६ जना वेपत्ता

भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजना...

भोटेकोशी बाढी पश्चात बीमक संघको प्रतिवद्धताः दाबी भुक्तानी द्रूत गतिमा गर्छौँ

नेपाल बीमक संघले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको...

भोटेकोशी बाढीः सिम्रिक एयरद्वारा दिनभर उद्दार उडान

भोटकोशी बाढीका कारण जनजीवन अस्तव्यस्त भएपछि निजी क्षेत्रको हेलिकप्टर...

स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’

जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो...

३८९७ अर्ब पुग्यो नेपालको विदेशी विनिमय सञ्चिति

नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेको छ । राष्ट्र...

मुक्तिनाथ म्युचुअल फण्ड २ ले धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई...