Monday, June 15, 2026
spot_img

लक्ष्मी हुन्डाईले पायो सर्भिस पर्फर्मेन्स अवार्ड

spot_img
spot_img

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले हुन्डाई मोटर कम्पनीबाट प्रतिष्ठित ‘इन्डिया, मिडल इस्ट एन्ड अफ्रिका (IMEA) सर्भिस पर्फर्मेन्स अवार्ड प्राप्त गरेको छ । गाडी बिक्रीपछिको उत्कृष्ट मर्मत सम्भार (आफ्टर सेल्स सर्भिस) र उच्च ग्राहक सन्तुष्टिका लागि कम्पनीलाई यो सम्मान दिइएको हो ।

लक्ष्मी हुन्डाईले बिक्री र शोरुममा मात्र नभई बिक्रीपछिको सेवालाई आफ्नो मुख्य शक्तिको रूपमा विकास गरेको छ । ग्राहकलाई गाडी चढुन्जेल भरपर्दो सहयोग मिलोस् भन्ने उद्देश्यले कम्पनीले लगातार आफ्ना सेवा केन्द्रहरूको सञ्जाल बढाउन, कर्मचारीहरूको क्षमता सुधार्न र भौतिक पूर्वाधार आधुनिक बनाउन लगानी गरिरहेको छ ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको लक्ष्मी हुन्डाईले यसरी ग्राहक सेवाको विश्वस्तरीय मापदण्ड कायम गरेर पुरस्कार जित्नु देशकै लागि गौरवको क्षण भएको कम्पनीले जनाएको छ । कम्पनीले बिक्रीपछिको सेवालाई छोटो अवधिको व्यापार नभई दीर्घकालीन प्रतिबद्धता मान्दै आएको छ ।

यस अवसरमा लक्ष्मी हुन्डाईले आफ्ना सम्पूर्ण आदरणीय ग्राहकहरूलाई विश्वास र साथका लागि कृतज्ञता व्यक्त गरेको छ । साथै, यो अन्तर्राष्ट्रिय पहिचान दिलाउन सफल हुने कर्मचारीहरूको मिहिनेतको समेत कदर गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अतिक्रमित जग्गा हकहस्तान्तरण हुन नपाउने गरी रोक्का गर्न पत्राचार

सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय...

युनियन हाइड्रोले पायो ६० मेगावाटको माथिल्लो तमोर ए आयोजनाको निर्माण लाईसेन्स

युनियन हाइड्रोपावर लिमिटेडले ६० मेगावाटको माथिल्लो तमोर ए जलविद्युत...

दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य

श्रम बजारको माग र आपूर्तिबीच सन्तुलन कायम गर्दै देशभित्रै...

उपत्यकाको ट्राफिक समस्या समाधान गर्न नाडा र ट्राफिक प्रहरी कार्यालयबीच सहकार्य हुने

नाडा अटोमोबाइल्स एसोसियशनले उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग उपत्यकाको ट्राफिक...

टेलिकम र इन्टरनेट सेवा प्रदायकको IS र Cloud अडिटको लागि ५ कम्पनी योग्य

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम सेवा प्रदायक र इन्टरनेट सेवा...

लेखामान बोर्डका नवनियुक्त अध्यक्ष धितालले बुझे नियुक्ति पत्र

नेपाल लेखामान बोर्डका नवनियुक्त अध्यक्ष रमेश कुमार धितालले नियुक्ति...
spot_img