Sunday, June 21, 2026
spot_img

एट्राड टिएमएसको २ वर्ष पुरा, लगानीकर्तालाई यसरी दिँदैछ विश्वस्तरीय फिचर्स 

spot_img
spot_img

ब्रोकर कम्पनीहरुले आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) चलाउन थालेको दुई वर्ष पुरा हुन लागेको छ। सबैभन्दा पहिले ब्रोकर नम्बर ३६ अर्थात् सेक्युर्ड सेक्युरिटिजले २०८१ साउन १ गतेबाट आफ्नै टिएमएस चलाउन थालेको थियो।

त्यस अघि सबै ब्रोकरहरुले नेप्सेको भेन्डर कम्पनी वाईकोले प्रदान गरेको टिएमएस  चलाउने गरेका थिए। सो टिएमएस अन्तराष्ट्रिय स्तरको नभएको र सुविधाहरु पनि कम रहेको भन्दै ब्रोकरहरु आफैले  टिएमएस निर्माण गर्नु पर्ने आवाज उठेको थियो। त्यसपछि डिजिहबले एट्राड नामको टिएमएस निर्माण गरि ब्रोकर कम्पनीहरुलाई उपलब्ध गराउन थालेको हो ।

डिजिहबका अनुसार हाल १५ वटा ब्रोकरले एट्राडको सिस्टम प्रयोग गर्दै आएका छन् । बाँकी १० वटाले भने  एट्राडमा सिफ्ट हुने तयारी गरिरहेकोले परिक्षणकाल अवधिभरको लागि एट्राड र वाईको दुवैको सिस्टम आवश्यकता अनुसार चलाइरहेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ भित्र ३० ब्रोकरलाई एट्राडमा ल्याउने लक्ष्य डिजिहबको रहेको छ।

यो टिएमएस अमेरिकामा मुख्यालय रहेर श्रीलंकामा रहेको कम्पनीले निर्माण भएको हो । डिजिहबले नेपालको लागि भूगोल अनुसार त्यसमा विभिन्न परिमार्जन समेत गरेको छ ।  नेपाल बाहेक हाल यो टिएमएस श्रीलंका र केन्याको स्टक एक्सचेन्जमा प्रयोग भईरहेको छ।

डिजिहबमा चिफ इन्नोभेसन अफिसर राजन घिमिरेका अनुसार यस टिएमएसको मुख्य विशेषता भनेकै यो मोबाइल एपमा, डेस्कटप एपमा र ब्राउजर भर्जनमा सजिल्यै चलाउन सकिन्छ।  त्यस्तै यसमा लगानीकर्तालाई खाता खोल्नको लागि भिडियो भेरिफिकेसनको सुविधा पनि रहेको छ । तर ग्राहक पहिचानको सम्बन्धमा धितोपत्र बोर्ड, नेप्से र सम्पत्ति सुद्धीकरण निवारण ऐनले तोकेका सम्पूर्ण मापदण्ड पुरा गरेर ग्राहक आफै लाइभमा आएर केवाईसी भेरिफाई गर्नु पर्ने व्यवस्था गरिएको छ।

त्यस्तै सीडीएससीको सीकेवाईसी लिएका ब्रोकरहरुको हकमा बायोमेट्रिक सहितको केवाईसी विवरण रेकर्ड हुन्छ, जुन एकपटक दिएपछि फेरी दिईरहनु पर्दैन ।  यसको अर्को विशेषता भनेको परिवारका सदस्यको टिएमएसको म्यापिंङ हो।  जसमा आमाबुबाले आफ्ना परिवारका अन्य सदस्यको (विशेषगरि नाबालक)हरुको शेयर खरिद बिक्री आफ्नै टिएमएसबाट गर्न सक्छन् । आमाबुबाले आफ्नै टिएमएसबाट ड्रप डाउन फिचर प्रयोग गरि आफ्ना परिवारका सदस्यको विवरण हेर्न र अर्डर गर्न सक्छन् ।  तर त्यसको लागि एक पटक नाता प्रमाणित भने पेश गर्नु पर्छ । बालिग भईसकेका परिवारका सदस्यको हकमा अख्तियारिनामा पनि चाहिन्छ ।

 

यस टिएमएसले मल्टिपल स्क्रिन पनि सपोर्ट गर्छ। जसबाट फरक फरक कामको लागि छुट्टाछुट्टै ट्याब खोल्न पर्दैन, र सिङ्गल स्क्रिनमा नै मल्टिपल विन्डो खोल्न सकिन्छ ।  टिएमएस भित्र नै आफ्नो विस्तृत पोर्टफोलियो हेर्न सकिन्छ ।  जसमा आफ्नो कुल लगानी, नाफा/घाटा, बुक गरेको/नगरेको नाफा/घाटाको विवरण हेर्ने सुविधा छ।  खरिद लागतको विवरण पनि टिएमएस मै आफै अपडेट हुन्छ । शेयर ट्रान्सफर पनि आफै हुने प्रविधि कम्पनीले विकास गरेको छ, तर अहिले मेरोशेयर मार्फत शेयर ट्रान्सफर गर्नु पर्ने भएकोले प्रयोगमा भने छैन ।

लगानीकर्तालाई शेयर खरिद बिक्री गर्न सघाउनको लागि आवश्यक पर्ने विभिन्न फण्डमेन्टल र टेक्निकल इन्डिकेटर पनि टिमएस भित्रै छन् ।  पीई रेसियो, ५२ हप्ता हाई लो, विभिन्न एभरेज, एडभान्स चार्ट, ग्राफ पनि टिएमएस भित्रै उपलब्ध छन् ।

चिफ इन्नोभेसन अफिसर घिमिरेका अनुसार टिएमएसमा नभएको शेयर  अर्डर राख्न नै मिल्दैन, यसले गर्दा क्लोज आउटको समस्या शुन्य हुन्छ ।  यसले लगानीकर्तालाई अनावश्यक झन्झट र जरिवानाबाट मुक्त पनि गर्छ ।  अर्को विशेषता भनेको यो टिएमएसमा शेयर खातामा आउने बित्तिकै सोहि दिन नै बिक्री गर्न मिल्छ ।

मुख्य विशेषता मध्येको एक कोल्याट्रल म्यानेजमेन्ट हो ।  हाल विद्यमान कोल्याट्रल सेटलमेन्टको समस्या डिजिहबको एट्राड सिस्टमले पूर्णरुपमा समाधान गरेर पूर्ण अटोमेटेड गरेको छ ।  यसमा ग्राहकले ब्रोकरलाई फोन गरेर कोल्याट्रल थप्न, अपडेट गर्न, सेटलमेन्ट गर्न भनि राख्नु पर्दैन ।

अर्को विशेषता भनेको यसमा अर्डर बास्केटको कन्सेप्ट छ। जसमा तपाईले आफुलाई किन्न वा बेच्न चाहेको शेयरको विवरण मूल्य र कित्तासहित एक्सेल फाइलमा जुनसुकै बेला अर्डरमा राख्न सक्नु हुन्छ ।  बजार खुलेपछि सिस्टमले ति अर्डर प्लेस गरिदिन्छ । हालै नेप्सेले आफ्टर मार्केट अर्डर कन्सेप्टको परिक्षण गरिरहेको छ, त्यस्तै कन्सेप्टको फिचर एट्राडमा पहिलेदेखि नै उपलब्ध छ।

एट्राड टिएमएस प्रयोगकर्ताले अब आफ्नो केवाईसी अपडेट, ट्रेड, बिल्स, एकाउन्ट स्टेटमेन्ट, स्टक एनलाईसिस, क्यापिटल गेन रिपोर्ट, कोल्याट्रल हिस्ट्री जस्तो महत्वपूर्ण विवरणका साथै ग्राहकलाई आवश्यक पर्ने सम्पूर्ण जानकारी एकै ठाउँबाट प्राप्त गर्न सकिन्छ । यसको लागि आफुले कुनै पनि डाटा अपडेट गर्नु पर्दैन ।  यसको साथै खाता बन्द गर्नु परेको खण्डमा पनि अनलाइनबाट नै सहजै गर्न सकिन्छ ।

एट्राड टिएमएसले हालै नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएर मार्जिन ट्रेडिङ सुविधा पनि पूर्ण रुपमा कार्यान्वयन गरिसकेको छ । यो सेवा संचालनमा आईसकेकोले ग्राहकले सहजै मार्जिन सुविधाको उपयोग गर्न सक्छन् ।

हाल पुराना र ठूला ब्रोकरतर्फ ३४ नम्बरको भिजन सेक्युरिटिज, ब्रोकर ४४ डायनामिक सेक्युरिटिज, ब्रोकर २५ स्वेता सेक्युरिटिज, ब्रोकर १४ नेपाल स्टक हाउस, ब्रोकर ३८ दिपशिखा, ब्रोकर १० प्रज्ञान सेक्युरिटिज लगायतले एट्राडको टिएमएस प्रयोग गरिरहेका छन्।  एट्राडले हाल कुल १० लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ।

टिएमएस खाता खोल्नको लागि  कुनै शुल्क नलाग्ने भएकोले लगानीकर्ताले बिना कुनै शुल्क एट्राड प्रयोग गर्ने ब्रोकरमा टिएमएस खाता खोलेर यी फिचर्स निशुल्क प्रयोग गर्न सक्छन् । यी फिचर्ससहितको टिएमएस प्रयोग गर्दा थप अतिरिक्त शुल्क लाग्छ नै, तर त्यो खर्च भने ब्रोकरले नै बेहोर्छन् । लगानीकर्तालाई अतिरिक्त फिचर दिनको लागि अहिले अन्य ब्रोकरले पनि वाईकोको तुलनामा केही महँगो हुने भएपनि एट्राड नै प्रयोग गरिरहेका छन् । ब्रोकरलाई एट्राडले अर्को सुविधा पनि दिएको छ।  त्यो हो रिसोर्स प्रयोगको अवस्थाबारे जानकारी दिन्छ । लगानीकर्ताको संख्या बढ्दै गएपछि ब्रोकरको सिस्टमले धेरै रिसोर्स खान्छ, यसो हुँदा सिस्टमले नै कति रिसोर्स प्रयोग भईरहेको , कति बाँकि छ र कुन बेला थप रिसोर्स लिन पर्छ भन्ने जानकारी दिन्छ ।

एट्राड आएसंगै नेपाली टिएमएस बजारमा वाईकोको एकाधिकार समेत तोडिएको छ। ब्रोकर नम्बर ५८ नासाले पनि २०८२ जेठ बाट आफ्नै टिएमएस संचालनमा ल्याएको छ।  यससंगै हाल नेपाली लगानीकर्तालाई ३ वटा टिएमएस छनौटको विकल्प रहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मौद्रिक नीतिको लागि ब्रोकरको ६ बुँदे सुझाव, शेयर धितो कर्जाको गणना विधि परिमार्जन गर्न माग

स्टक ब्रोकर एसोसियसन अफ नेपालले आगामी मौद्रिक नीतिको लागि...

पीपीए गरेर काम नगरेका हाइड्रोको लाइसेन्स खारेज हुँदै, प्राधिकरणले माग्यो विवरण

नेपाल विद्युत प्राधिकरणले जलविद्युत र सौर्य उर्जा आयोजनाका प्रबर्दक...

सिभिल हस्पिटलको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकका लागि...

भूमी व्यवस्था मन्त्रालयद्वारा थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु

भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

भन्सारले भन्यो, ‘ईभी आयातमा कुनै कैफियत भेटिएन, नियमानुसार नै जाँचपास भएको पाइयो’

बजेटको सूचना चुहाएर गाडी आयात गरिएको भन्दै आयातकर्ता कम्पनीलाई...

प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक

प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका...
spot_img