Monday, April 27, 2026
spot_img
spot_img

नाडाद्वारा भन्सार विभागका महानिर्देशकसँग ‘एमआरपी’ स्टिकर टाँस्ने बारे छलफल

spot_img
spot_img

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारीसँग अटोमोवाइल वस्तुहरुमा अधिकतम मूल्य सूची (एमआरपी) सहितको स्टिकर टाँस गर्ने सम्बन्धमा छलफल गरेको छ ।

नाडाले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ल्याएको उक्त व्यवस्था कार्यान्वयन गर्न चार पाङ्ग्रे गाडी तथा दुइ पाङ्ग्रे सवारीको हकमा समस्या नभएपनि स्पेयर पार्टसमा समस्या हुने जनाएको छ । नाडाले एउटै बक्स भित्र सयौको संख्यामा आउने अटोमोबाइल स्पेयर पार्टसहरुको हकमा एमआरपी स्टिकर टाँस गर्न समस्या रहेको बताएको हो ।

त्यसैगरी भन्सारमा वण्डेड वेयरहाउस समेतको व्यवस्था नभएको अवस्थामा भन्सार यार्डभित्रै अधिकतम मूल्य सूची सहितको स्टिकर टाँस्नुपर्ने व्यवस्था व्यवहारिक नभएको नाडाका प्रतिनिधिहरुले बताएका छन् ।

छलफलमा महानिर्देशक भण्डारीले सबै किसिमका अटोमोवाइल वस्तुहरुमा अधिकतम मूल्य सूची सहितको स्टिकर टाँस्ने व्यवस्थालाई व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याउन चुनौती रहेको बताउँदै विभागले व्यापारमा सहजीकरण र राजश्व वृद्धिमा ध्यान दिँदै आएको बताएका छन् ।

सोही छलफलको क्रममा नाडाका महासचिव मिलनबाबु मल्लले हालै वीरगञ्ज भन्सार कार्यालयले भन्सार यार्डमा रहि रहेका सवारी साधनहरु तोकिएको समयसीमा भित्र जाँचपासगरी लैजान सूचना जारी गरेको सम्बन्धमा जिज्ञासा राखेका थिए । उक्त जिज्ञासामा महानिर्देशक भण्डारीले सो सूचना कानूनमा भएको व्यवस्था अनुसार जारी गरिएको हुनाले सम्बन्धित सवारी साधन पैठारीकर्ताहरुलाई तोकिएकै समयमा ती सवारी साधनहरुको भन्सार जाँचपास गरी सहजीकण गरी दिन आग्रह समेत गरेका छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मिति २०८२/१२/३० गते जारी गरेको प्रेस विज्ञप्ति मार्फत विदेशबाट पैठारी गरी नेपालमा विक्री वितरण गरिने सम्पूर्ण बस्तुहरुको अनिवार्य रुपमा अधिकतम खुद्रा मूल्य उल्लेख गर्नुपर्ने साथै वस्तु विक्री गर्दा अनिवार्य रुपमा विल विजक जारी गर्नुपर्ने व्यवस्थाका सम्बन्धमा उक्त छलफल केन्द्रीत रहेको थियो । सो छलफल तथा भेटघाटमा नाडाका संस्थागत उपाध्यक्ष भद्र भण्डारी, उपाध्यक्ष अभिक ज्योति, सचिव मेघराज पौडेल, कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणी पाठक समेतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एमभी दुगड ग्रुप अन्तर्गतको ग्लोबल हाइड्रोपावरले माग्यो आईपीओ निष्काशन अनुमति

ग्लोबल हाइड्रोपावर एशोशियटले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

सीजीले सार्वजनिक गर्‍यो किङलङको १६ सिटर ईभी माइक्रो, मूल्य कति ?

सीजी मोटर्सले किङलङ १६ सिटर इलेक्ट्रिक माइक्रो सार्वजनिक गरेको...

पुरानो गाडीसँग साटेर नयाँ प्रोटोन लैजाने अवसर

नेपालमा प्रोटोन गाडीको आधिकारिक बितरक जगदम्बा मोटर्सले सेल्स एण्ड...

महँगो लागतले डिजेल-पेट्रोल गाडीलाई ईभी बनाउन इच्छुक छैनन् व्यवसायी, खोजे छुट सुविधा

सरकारले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिणत गर्न...

आर्थिक रुपान्तरणको तयारीमा सरकार, यी ४ क्षेत्रलाई अघि सारिने

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको आर्थिक रुपान्तरणको लागि विभिन्न...

अर्थमन्त्रीले ल्याए श्वेतपत्र, पुँजीबजारमा पारदर्शीता र स्थिरता आवश्यक रहेको भनाई (पूर्णपाठ)

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको श्वेतपत्र सार्वजनिक गरेका छन्।...
spot_img