Monday, July 13, 2026
spot_img

लक्ष्मी ई–मोबिलिटीद्वारा पोखरामा केई र फोर्थिङको शोरुम उद्घाटन

spot_img

नेपालमा केई र फोर्थिङ इलेक्ट्रिक गाडीको अधिकृत वितरक लक्ष्मी ई–मोबिलिटीले पोखरामा केई र फोर्थिङ इभीको शो–रुम उद्घाटन गरेको छ । नयाँ शो–रुम मंसिर ८ गते सोमबार पोखराको बुद्धचोकमा औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

यस शोरुम सञ्चालनमा आएसँगै यी दूबै ब्राण्डहरूले पश्चिम क्षेत्रमा आफ्नो उपस्थितिलाई विस्तार गर्दै आधुनिक, दिगो र भविष्यमुखी इलेक्ट्रिक सवारीसाधनहरूलाई ग्राहकहरूमा प्रस्तुत गर्नेछन् ।

उद्घाटन समारोहको अवसरमा, कम्पनीले विशेष ‘ग्रान्ड ओपनिङ अफर’ पनि सार्वजनिक गरेको छ । जसअन्तर्गत आकर्षक नगद सुविधा, विशेष बोस इलेक्ट्रोनिक अप्लायन्सेस, एक वर्षको निःशुल्क अटो प्लस बीमा तथा रोड–ट्याक्स प्याकेजका साथै प्रत्येक बुकिङका लागि एक रातको आकर्षक स्टे–प्याकेज समावेश छन् । नयाँ शो–रुमले पोखराका इभी प्रेमीहरूलाई उच्चस्तरीय खरिद अनुभव दिने लक्ष्य राखेको छ ।

दिगो यातायात प्रवर्द्धन गर्ने उद्देश्यले लक्ष्मी ग्रुपले देशभर RE-Lax Recharge Network मार्फत ६३ भन्दा बढी चार्जिङ र रिपेयर स्टेशनको सञ्जाल विस्तार गरिसकेको छ । जसले ग्राहकलाई सहज इभी चार्जिङ तथा सेवा सुविधा उपलब्ध गराउँदै इभी पूर्वाधारलाई अझ सुदृढ बनाएको छ ।

बुद्धचोकस्थित केई र फोर्थिङ शो–रुमको उद्घाटनले प्रदेशमा बढ्दै गएको इभी मागलाई ध्यानमा राख्दै ग्राहकलाई थप नजिक र सुविधाजनक सेवा उपलब्ध गराउने महत्वपूर्ण कदमको रूपमा योगदान पुर्‍याएको कम्पनीको भनाइ छ । लक्ष्मी ई–मोबिलिटीले सबै इच्छुक ग्राहकहरूलाई नयाँ सुविधा अवलोकन गर्न र नेपालको इलेक्ट्रिक मोबिलिटीको नयाँ अध्याय अनुभव गर्न आमन्त्रण पनि गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

जुलाईभरि HONOR 600 र HONOR 600 Pro खरिद गर्दा स्मार्टवाच सित्तैमा

स्मार्टफोन कम्पनी HONOR ले HONOR 600 र HONOR 600...

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्...

पासपोर्ट व्यवस्थापनमा आजदेखि नयाँ प्रणाली

राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत...

टाइम फर्मास्यूटिकल्स आईपीओ: QII को लागि ५०० देखि ७५० रुपैयाँसम्म हुने गरि मूल्य निर्धारण

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिङ्ग बिधि मार्फत निष्काशन हुने...

सर्वोत्तम पेन्ट्सको शेयर डिम्याट गराउन सम्झौता

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन...

घट्यो सुनचाँदीको मूल्य

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...
spot_img