Monday, April 20, 2026
spot_img
spot_img

एसेम्बल प्लान्टलाई औद्योगिक ग्राहकको सुविधा नदिँदा बाइक र गाडीको मूल्यमा कस्तो असर पर्ला ?

spot_img
spot_img

हालै नेपाल विद्युत प्राधिकरणले एसेम्बल उद्योगलाई औद्योगिक ग्राहकको सुविधा दिन नसकिने र पहिला लिएको सुविधा बापतको रकमसमेत तिर्नुपर्ने भन्दै पत्राचार गरेपछि उद्योगीहरु झस्किएका छन् । उद्योगीहरुका अनुसार प्राधिकरणले यदि एसेम्बल प्लान्टलाई उद्योग नमान्ने र व्यापारिक ग्राहक सरहको महशुल उठाउने हो भने एउटा प्लान्टले महिनामा अहिलेको भन्दा १ लाख ६५ हजार बढी महशुल बुझाउनुपर्छ ।

‘यदि एसेम्बल प्लान्टलाई उद्योग सरहको महशुल दर नलगाउने र व्यापारिक ग्राहक अनुसार महशुल तिराउने हो भने प्रति युनिट पिक आवरको २.१० रुपैयाँ, अनपिक आवरको १.५० रुपैयाँ र अन्य समयको २.४० रुपैयाँ बढी तिर्नुपर्ने देखिन्छ’ एक जना उद्योगीले भने, ‘यो भनेको एक युनिटमै ६ रुपैयाँ बढी हो ।’

ति उद्योगीका अनुसार एउटा प्लान्टले मासिक ३० हजार युनिटसम्म विद्युत खपत गर्छ । ‘हामीले नै २६ हजार युनिटसम्म खपत गर्छौँ’ उनले भने, ‘२५ हजार युनिटभन्दा कम अहिलेसम्म भएको छैन ।’

प्राधिकरणले ‘तिमी उद्योग होइनौँ’ भन्दै पत्र पठाएको लक्ष्मी मोटर कर्पोरेशन एक्लैले मासिक २६ हजारभन्दा बढी युनिट विद्युत खपत गरिरहेको छ । यामाहा मोटरसाइकल एसेम्बल गर्ने एमएडब्ल्यू अटो प्रा.लि.ले सोही हाराहारीमा विद्युत खपत गरिरहेको छ ।

‘मासिक २५ हजार युनिट मात्रै खपत गर्दा पनि प्रतियुनिट ६ रुपैयाँ बढी तिर्नुपर्दा मासिक डेढ लाख रुपैयाँ थप महशुल बुझाउनुपर्ने हुन्छ’ अर्का एक उद्योगीले भने, ‘डिमाण्ड चार्ज पनि एक के.भी.ए. बराबर मासिक ३१५ रुपैयाँ पुग्छ । यस आधारमा एउटा प्लान्टले हालको तुलनामा सरदर डेढ लाखदेखि १ लाख ६५ हजारसम्म बढी तिर्नुपर्ने देखिएको छ ।’

मूल्यमा कस्तो असर पर्ला ?

उद्योगी शेखर गोल्छाका अनुसार तयारी अवस्थामा आयात हुने मोटरसाइकलको तुलनामा नेपालमै एसेम्बल भएका मोटरसाइकलको मूल्यमा १५ प्रतिशतको अन्तर छ । अर्थात्, स्वदेशमै एसेम्बल भएका बाइकको मूल्य १५ प्रतिशत सस्तो छ ।

गोल्छाका अनुसार श्रम (जनशक्ति) र बिजुली (विद्युत) एसेम्बल उद्योगका मुख्य कच्चापदार्थ हुन् । रोजगारी, विद्युत महशुल, भाडा, ढुवानी लगायतमार्फत एसेम्बल उद्योगले २५ प्रतिशतभन्दा बढी ‘भ्यालू एड’ गरिरहेको उनको दाबी छ । तर, मुख्य कच्चापदार्थ मध्येको एक बिजुलीकै मूल्य बढ्ने भएपछि त्यसको असर सवारी साधनको मूल्यमा पनि पर्ने कतिपयको बुझाई छ ।

यसअघिः
फेरि उद्योगी तर्साउँदै कुलमानः ‘उद्योग होइनौ’ भन्दै एसेम्बल कम्पनीसँग मागे ‘ब्याक डेट’को पैसा

‘हुन्डाईको गाडी यहाँ एसेम्बल हुँदा रेडिमेड आयात भएको गाडीको तुलनामा मनग्य सस्तो छ, ९ लाखसम्म सस्तो छ’ एक जना अटोमोबाइल्स व्यवसायी भन्छन्, ‘बाइकमा पनि रोयल इन्फिल्ड यहाँ एसेम्बल हुँदैनथ्यो भने अहिलेको मूल्यमा पाइँदैनथ्यो, धेरै नै महँगो पथ्र्यो । बजाज र यामाहा पनि अहिलेकै मूल्यमा पाइँदैनथ्यो ।’

ति व्यवसायीका अनुसार अहिले एसेम्बल प्लान्टलाई व्यापारिक ग्राहक सरह बिजुलीको पैसा मागिँदा गाडीमा ८/१० हजार मूल्य बढ्दा खासै धेरै नदेखिए पनि मोटरसाइकलका ग्राहकलाई भने ‘देखिने गरी’ असर पुग्नेछ । ‘गाडीमा अहिले तुरुन्तै मूल्य नबढ्ला, बढेपनि गाडी किन्ने मान्छेलाई ८/१० हजारले ठूलो असर नदेखिएला’ ति व्यवसायी भन्छन्, ‘बाइकमा त देखिने गरी असर पर्छ नि । बाइक किन्ने मान्छेका लागि ८/१० हजार भनेको एक महिनाको इन्स्टलमेन्ट हो ।’

उनका अनुसार अहिले प्राधिकरणले यो विषय ‘रिभ्यू’मा रहेको जनाएको छ । तर, मूल्य के हुन्छ भन्ने विषय प्राधिकरणले भविष्यमा बिल कसरी पठाउँछ भन्नेमा भरपर्ने उनको भनाइ छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

युनियन हाइड्रोपावरको नाम परिवर्तन भएर बन्यो होल्डीङ कम्पनी, अब हकप्रद निष्काशन गर्ने

युनियन हाइड्रोपावर लिमिटेडको नाम परिवर्तन भएको छ । कम्पनीको...

नर्भिक हस्पिटलको आईपीओ: प्रति कित्ता मूल्य ९९० हुने अनुमान, अर्को वर्ष ५० प्रतिशत लाभांश

नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले बुक विल्डिंग...

सुनचाँदीको भाउ घट्यो

आज सोमबार सुनचाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला...

एनआईसी एशिया लघुवित्तले लाभांश नदिने

एनआईसी एशिया लघुवित्तले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि...

कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँड, ६८ हजार ४ सय ७५ जनाले पाए शेयर

कालिन्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको...

सिद्धार्थ क्यापिटलले वैशाख २१ गतेदेखि नयाँ म्युचुअल फण्डको इकाई निष्काशन गर्ने

सिद्धार्थ क्यापिटलले वैशाख २१ गतेदेखि नयाँ सामुहिक लगानी कोष...
spot_img