Monday, July 6, 2026
spot_img

सेकेन्ड ह्याण्ड ईभीमा फाइनान्सिङ: बिवाईडी र टाटामा सहज, अन्यमा सकस

spot_img

रिकण्डिशन हाउसहरुमा सेकेन्ड ह्याण्ड विद्युतीय गाडीहरु बढ्न थालेका छन् । तर, सहज फाइनान्सिङ सुविधा नहुँदा सेकेन्ड ह्याण्ड ईभीको बिक्री कम हुने गरेको व्यवसायीहरुको भनाई छ । रिकण्डिशन व्यसायीहरुका अनुसार सेकेन्ड ह्याण्ड ईभीमा बैंक तथा वित्तीय संस्था र हायर पर्चेज कम्पनीहरुले फाइनान्सिङ गर्दैनन् । जसका कारण बजारमा नयाँ ईभीको बिक्री बढिरहे पनि सेकेन्ड ह्याण्ड ईभीको बिक्री भने निराशाजनक नै रहेको उनीहरुको भनाइ छ ।

नेपाल रिकण्डिसन अटो व्यवसायी संघका अध्यक्ष रमेश कोइरालाका अनुसार रिकण्डिशन हाउसहरुले नियमित कारोबार गर्ने र चिनजानका संस्थाले मात्रै अहिले सेकेन्ड ह्याण्ड ईभीको फाइनान्सिङ गरिरहेका छन् । ‘भ्यालूएशन पनि आफैँ गर्नुपर्ने अवस्था छ, मुख्य समस्या चाहिँ फाइनान्सिङकै हो’ उनले भने, ‘चिनजान, रिलेशनका आधारमा काम गर्नुपर्ने बाध्यता छ ।’

टाटा र बिवाईडीमा सहज
संघका वरिष्ठ उपाध्यक्ष राजकुमार देवकोटाका अनुसार ईभीको सेकेन्ड ह्याण्ड बजार विस्तार हुन नसक्नुमा ‘भ्यालूएशन’ र ‘फाइनान्सिङ’ मुख्य समस्याका रुपमा देखिएका छन् । ‘ईभी ब्राण्ड धेरै आए, तर तिनको पार्टस् र मेन्टेनेन्सको ग्यारेन्टी भएन’ उनी भन्छन्, ‘ब्याट्री पनि कति वर्षमा फेर्नुपर्ने हो र फेर्दा कति खर्च लाग्छ भन्ने यकिन छैन । सबैका आ–आफ्नै तर्क मात्रै छन् ।’

उनका अनुसार विश्वासिलो आयातकर्ताले ल्याएका बाहेक अन्य ईभी गाडीहरु सेकेन्ड बजारमा बिक्री गर्न सकस छ । ‘सप्लाई बढ्न खोजेको छ, तर डिमाण्ड कम छ’ देवकोटाले थपे, ‘अहिले रिकण्डिशन हाउसहरुमा २ प्रतिशत पनि ईभी छैनन् । जति छन्, ति स्तरीय र विश्वासिला ब्राण्डका मात्रै छन् ।’

उनका अनुसार नेपालमा लामो विरासत बोकेको कम्पनीले आयात गरेका र विश्वासिला ब्राण्डमा हायर पर्चेज कम्पनीले फाइनान्सिङ गर्छन् । टाटा र बिवाईडीका सेकेन्ड ह्याण्ड ईभीमा फाइनान्सिङ सहज नै रहेको व्यवसायीहरु बताउँछन् ।
‘नयाँ गाडी धेरै सेल गरेका टाटा र बिवाईडीका ईभीहरु अहिले सेकेन्ड ह्याण्ड बजारमा अलि धेरै आउन थालेका छन् । हुलास र एमएडब्ल्यू हायर पर्चेजबाट यी ब्राण्डका सेकेन्ड ह्याण्ड ईभीमा फाइनान्सिङ भइरहेको छ’ एक अर्का व्यवसायी भन्छन्, ‘हुन्डाई र एमजी पनि आउन थालेपछि यीनिहरुमा पनि समस्या हुँदैन । हायर पर्चेज कम्पनीहरुले फाइनान्सिङ गर्दा ब्राण्ड र आयातकर्ता कम्पनीलाई हेर्ने गरेका छन् ।’

चावहिलस्थित एक रिकण्डिशन हाउसका सञ्चालकका अनुसार टाटा र बिवाईडी ‘टेस्टेड’ ब्राण्ड भएकाले हायर पर्चेज कम्पनीहरुले यी ब्राण्डमा सहजै फाइनान्सिङ गर्ने नीति लिएका छन् ।

सहकारीबाट ‘हायर पर्चेज’तर्फ ‘सिफ्ट’ हुँदै कारोबार
अहिले हायर पर्चेज कम्पनीले स्थापित ब्राण्डका सेकेन्ड ह्याण्ड ईभीमा फाइनान्सिङ गर्न थालेपछि व्यवसायीहरुले केही सहज महशुस गरेका छन् । यसअघि सहकारी संस्थामार्फत फाइनान्सिङ गराउन बाध्य रहेका व्यवसायीहरु अब क्रमशः हायर पर्चेज कम्पनीबाटै फाइनान्सिङ हुन थाल्नेमा विश्वस्त देखिएका छन् ।

‘बैंक र फाइनान्सिङ कम्पनीले रिकण्डिशनबाट बिक्री हुने ईभीमा फाइनान्सिङ नगर्दा सहकारीमार्फत कारोबार गर्नुपर्ने बाध्यता थियो’ एक जना व्यवसायी भन्छन्, ‘सहकारीसँग सेकेण्ड ह्याण्ड ईभीको भ्यालूएशन गर्ने मेकानिजम थिएन । ब्याज पनि महँगो हुन्थ्यो । अब अलि सहज हुन थालेको छ ।’

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बिपी राजमार्ग बन्द

रोशी खोलामा पानीको सतह बढ्दै गएपछि बीपी राजमार्गमा सवारी...

‘नाडा अटो शो’ को स्टल बाँडफाँड सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाले भदौ ९ गतेदेखि १४...

नेपाली सडकमा ‘ईभी क्रान्ति’

नेपालका सडकमा केही वर्षअघिसम्म विद्युतीय सवारी (ईभी) को उपस्थिति...

अर्थमन्त्रीको सय दिने उपलब्धिः सेबोन अध्यक्ष नियुक्तिदेखि पेट्रोलको भन्सार छुटसम्म

अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय...

मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?

आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका...

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...
spot_img