Sunday, December 14, 2025
spot_img

नेपाली उपभोक्ताका लागि भरपर्दो र विश्वसनीय बन्दै हुन्डाईको क्रेटा इभी

spot_img

नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको रुची बढ्दो छ । विगतमा पेट्रोल गाडी चढिरहेका अटोमोबाइल्स पारखीहरु अहिले ईभीतर्फ आकर्षित भइरहेका छन् । नेपालमा भित्रिएका ईभीको तथ्यांकले पनि उपभोक्ताहरु ईभीतर्फ सिफ्ट भइरहेको देखाउँछ ।

यस्तो अवस्थामा हुन्डाईको क्रेटा इभी नेपाली बजारमा उपभोक्ताको लागि उत्तम विकल्पका रुपमा स्थापित हुँदैछ । हुन्डाईको आधिकारिक आयातकर्ता लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रदान गर्ने सेवा र कम्पनी प्रतिको विश्वाससहित क्रेटा ईभीको प्रदर्शनले ग्राहकलाई सन्तुष्ट पार्दै आएको छ । जसका कारण क्रेटा ईभीका नयाँ उपभोक्ता थपिँदै गएका छन् ।

नेपाली सडकका लागि उपयुक्त

क्रेटा ईभी नेपाली सडक सुहाउँदो इलेक्ट्रिक एसयुभी बनेको छ । यसको २०० मिलिमिटरको ग्राउन्ड क्लियरेन्सले गर्दा नेपाली सडकका खाल्डा–खुल्डी, पहाडी, हिमाली र ढलान भएका सडकमा पनि यसलाई सजिलै चलाउन सकिन्छ । यसको ४२.२ किलोवाट आवर क्षमताको ब्याट्रीले ३०० किमि सम्मको दूरी नेपालको सबैजसो ठाउँमा सहजै तय गर्न सक्छ । यो दूरी काठमाडौंदेखि पोखरा वा अन्य शहरहरूसम्मको यात्राका लागि पूरै पर्याप्त छ ।

सुरक्षा र सुविधाको संयोजन

क्रेटा ईभीमा रजेनरेटिभ ब्रेकिंग प्याडल सिफ्टरको विशेष सुविधा छ । यो सुविधाले पहाडी ढलानहरूमा गाडी चलाउँदा गति नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । यसले गाडीको ब्रेक प्रणालीलाई सहयोग गर्छ र ब्याट्री चार्ज पनि बढाउँछ । नेपाल जस्तो पहाडी मुलुकमा यो सुविधा अत्यन्तै उपयोगी र जीवनरक्षक साबित हुन सक्ने देखिन्छ ।

विश्वसनीय सेवा 

हुन्डाई नेपालले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्नका लागि ठूलो लगानी गरेको छ । यसको विस्तृत सेवा सञ्जाल, तालिम प्राप्त प्राविधिकहरु, जेनुइन स्पेयर पार्ट्सको सहज उपलब्धता र आधुनिक सुविधाहरूले ग्राहकहरूलाई दीर्घकालीन विश्वास प्रदान गर्छ । इलेक्ट्रिक गाडीको लागि यस्तो विश्वसनीय सेवा सञ्जाल हुनु अत्यन्तै महत्त्वपूर्ण पनि छ ।

जसका कारण हुन्डाई क्रेटा ईभी नेपालमा उपलब्ध इलेक्ट्रिक कारहरूमध्ये विश्वसनीय, सुरक्षित र सुविधायुक्त विकल्पका रुपमा प्रस्तुत भएको छ । नेपाली सडक र जलवायुको लागि विशेष रूपमा डिजाइन गरिएका यसका फाइदाहरूले यसलाई अद्वितीय बनाएको छ । जसले इलेक्ट्रिक कार किन्ने सोच बनाएकाहरुलाई क्रेटा इभी नै उत्कृष्ट छनोट हुन सक्ने देखाउँछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एनपीएल सिजन–२ को उपाधि लुम्बिनी लायन्सलाई, सुदूरपश्चिम दुइ सिजन नै उपविजेतामा सिमित

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि...

जेनजी आन्दोलनबारे ओलीः अर्थतन्त्रको मेरुदण्ड भाँचियो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा...

एनपीएल फाइनलः टस जितेर सुदूरपश्चिमले ब्याटिङ रोज्यो, लुम्बिनीले बलिङ गर्दै

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल आज...

दोस्रो चरणको पेट्रोलियम पाइप लाइन विस्तारको निर्माण कार्य अघि बढ्यो

दोस्रो चरणको पेट्रोलियम पाइप लाइन विस्तारको निर्माण कार्यको प्रक्रिया...

एनपीएलको फाइनल आजः सुदूरपश्चिम र लुम्बिनी भिड्दै

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आज फाइनल...

सबैभन्दा धनी पार्टी एमालेको महाधिवेशनमा कसरी हुँदैछ खर्च व्यवस्थापन ?

विद्यमान राजनीतिक दलमध्ये नेकपा एमाले सबैभन्दा धनी राजनीतिक दलका...
spot_img
spot_img