Sunday, December 14, 2025
spot_img

Geely EX5 को बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय पुरस्कार बटुल्दै

spot_img

Geely Auto Group ले आफ्नो पूर्णत: विद्युतीय SUV Geely EX5 को २ लाख १० हजार युनिट बिक्री कायम गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ । यो उपलब्धिले Geely EX5 लाई आफ्नो वर्गको सबैभन्दा सफल नयाँ विद्युतीय सवारीहरूमध्ये एकको रूपमा स्थापित गरेको कम्पनीले दाबी गरेको छ ।

उत्पादक देश चीनमा Geely EX5 ले सार्वजनिक भएको करिब सात महिनामै १ लाख युनिटभन्दा बढी बिक्री वितरण गर्न सफल भएको थियो । थाइल्यान्ड, इन्डोनेसिया, अस्ट्रेलिया, न्यूजिल्यान्ड, केही युरोपेली देशहरू र ल्याटिन अमेरिकी क्षेत्रहरू गरी हाल यो मोडल २६ देशहरूमा उपलब्ध छ ।

Geely Auto ले सन् २०२५ को पहिलो छ महिनामै विश्वभरी १४ लाख सवारीसाधन बिक्री गरी अघिल्लो वर्षको तुलनामा ४७ % को बृद्धि हासिल गरेको छ । यस उपलब्धीसँगै कम्पनीले आफ्नो वार्षिक बिक्री लक्ष्यलाई २० लाख ७१ हजार यूनिटबाट बढाएर ३० लाख युनिट पु¥याएको घोषणा गरेको छ ।

२ लाख १० हजार भन्दा बढी विश्वव्यापी बिक्रीलाई कम्पनीले आफ्ना ग्राहकहरूको विश्वास र Geely को विश्वस्तरीय विद्युतीय सवारी उत्पादन क्षमताको प्रमाणको रुपमा लिएको बताएको छ ।

आगामी वर्षहरूमा, Geely Auto ले ब्राजिल, पोल्यान्ड, बेलायत, इटाली र हङकङ जस्ता प्रमुख बजारहरूमा आफ्नो उपस्थिति अझ विस्तार गर्ने र नयाँ ऊर्जा सवारी उत्पादन सञ्जाललाई तीव्र गतिमा अघि बढाउने योजना बनाएको छ ।

नेपालमा हालै बिक्रीवितरण सुरू गरिएको यही मोडेल Geely EX5 ले पनि नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको छ । ग्राहक तथा विद्युतीय गाडीप्रेमीहरूले स्वस्फूर्त रूपमा टेस्ट ड्राइभ र बुकिङ गर्न थालेका छन् । बढ्दो चासो र मागका कारण नेपालका लागि Geely EX5 को आधिकारिक आयातकर्ता एलआरआर मोटर्स्ले देशैभर डिलरशिप विस्तार गर्ने योजना सार्वजनिक गरिसकेको छ ।

अन्तर्राष्ट्रिय सम्मान र पुरस्कार थाप्दै

Geely EX5 ले विश्वस्तरको सुरक्षा र डिजाइनमा नयाँ मापदण्ड स्थापित गरेको छ । यसले सन् २०२५ मा Euro NCAP र ANCAP (Australasian New Car Assessment Program) दुबैबाट फाइभ–स्टार सुरक्षा रेटिङ्ग प्राप्त गरेको छ ।

Geely को अत्याधुनिक GEA प्लेटफर्म मा आधारित EX5 को अधिक मजबुत शरीर संरचना र “Cloverleaf ” ऊर्जा–शोषण डिजाइनले गाडीको ठक्कारमा पनि उच्च सुरक्षा प्रदान गर्छ । हरेक EX5 मोडेलमा ७ वटा एयरब्याग, Autonomous Emergency Braking, Adaptive Cruise Control, Lane–Keeping Assist, Blind–Spot Detection र ३६० डिग्री क्यामेरा प्रणाली जस्ता अत्याधुनिक सुरक्षा सुविधाहरू समावेश छन् ।

यि विशेषताहरुको कारण Geely EX5 ले सन् २०२५ को प्रतिष्ठित Red Dot Design Award पाएको छ, जसले यसको सुन्दर डिजाइन, एरोडाइनामिक बनावट र स्मार्ट इन्टेरियरलाई सम्मानित गरेको हो । यी उपलब्धिहरूले Geely Auto को विश्वस्तरको नवप्रवर्तन, प्रदर्शन र सुरक्षाप्रतिको प्रतिबद्धतालाई पुनःपुष्टि गरेको कम्पनीको भनाइ छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कुमारी बैंकको साधारणसभा आह्वान, छैन लाभांश प्रस्ताव

कुमारी बैंकले साधारणसभा आह्वान गरेको छ। बैंकले पुस ३०...

सिंगटी हाइड्रो इनर्जीको साधारणसभा आह्वान, पहिलोपटक लाभांश दिँदै

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले साधारणसभा आह्वान गरेको छ ।...

एनपीएल : लुम्बिनीका कप्तान रोहितले जिते कार: अविनाश, सन्दिप र शेरले पाए बाइक

लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल)...

रिलायन्स स्पिनिङ्ग मिल्सले पुस ७ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले पुस ७ गतेदेखि आम सर्वसाधारणलाई...

एनपीएल सिजन–२ को उपाधि लुम्बिनी लायन्सलाई, सुदूरपश्चिम दुइ सिजन नै उपविजेतामा सिमित

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि...

जेनजी आन्दोलनबारे ओलीः अर्थतन्त्रको मेरुदण्ड भाँचियो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा...
spot_img
spot_img