Monday, April 20, 2026
spot_img
spot_img

डिलर विस्तारमा आक्रामक बन्दै जिली EX5, बुटवल र विराटनगरमा तत्काल शो–रुम सञ्चालनमा आउने

spot_img
spot_img

विश्वप्रसिद्ध जिली EX5 को नेपालका लागि आधिकारीक आयातकर्ता एवं वितरक एलआरआर मोटर्सले डिलरशिप विस्तारको आक्रामक योजना सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले आगामी एक वर्षभित्र नेपालभरी १४ वटा डिलर नियुक्त गर्ने जनाएको छ ।

देशका सातै प्रदेशमा दुई–दुईवटा डिलरशिप शो–रुम स्थापना गर्ने कम्पनीको योजनाले जिली EX5 मोडेलप्रति नेपाली उपभोक्ताको बढ्दो आकर्षणका साथै देशैभरी सहज रूपमा प्रिमियम गुणस्तरको इलेक्ट्रिक मोबिलिटी उपलब्ध गराउने कम्पनीको प्रतिवद्धतालाई पनि झल्काएको छ ।

देशभित्रका सम्पूर्ण ग्राहकहरूलाई गाडीको बिक्री, सेवा तथा स्पेयर पाट्र्समा सहज पहुँच सुनिश्चित गराउने उदेश्यले एलआरआर मोटर्सले देशब्यापी डिलर विस्तारको योजना ल्याएको हो । जसले कम्पनीलाई नेपालको सबैभन्दा ठूलो र विश्वासिलोमध्येको एक अटोमोबाइल कम्पनीको रुपमा विकसित गराउने विश्वास लिइएको छ ।

कम्पनीले रणनीतिक विस्तारको पहिलो चरणअन्तर्गत विराटनगर र बुटवलका डिलरहरू नियुक्त भइसकेको छ । तिनका शो–रुम तथा सर्भिस केन्द्रको उद्घाटन आगामी एक महिनाभित्र हुने जानकारी दिएको छ ।

यी नयाँ शोरुमहरुले जिलीको विश्वब्यापी मापदण्डअनुरुप ग्राहकहरूका लागि सवारीसाधन प्रदर्शन, टेस्ट ड्राइभ, फाइनान्सिङ्ग सुविधा, बिक्रीपछिको सेवा र जेनुइन स्पेयर पाट्र्स सेवा उपलब्ध गराउने छन् ।

“सम्पूर्ण नेपालीहरुको घरदैलोसम्म नै जिली EX5 प¥याउने उदेश्यका साथ हामीले देशव्यापी डिलरशिप विस्तारको पहिलो चरणको योजना घोषणा गरेका हांै,” एलआरआर मोटर्सका निर्देशक जीवन जङ्ग शाही भन्छन्, “हामीलाई विश्वास छ कि विराटनगर र बुटवलमा नयाँ डिलर शोरुमा सञ्चालनमा आएपछि ग्राहकहरूले हाम्रो ब्रान्डको गुणस्तर, विश्वसनीयता र नवप्रवर्तनको वाचा आफ्नै शहरमा प्रत्यक्ष रूपमा अनुभव गर्नेछन् ।”

नेपालमा भित्रिएको छोटो समयमै जिली EX5 ले नेपाली ईभी पारखीहरुको मन जितिसकेको छ भने यसको अत्याधुनिक डिजाइन, प्रिमियम इन्टेरियर, अतुलनीय सुरक्षा विशेषता र प्रभावकारी रोड पर्फमेन्सका कारण नेपालीहरूमाझ यसको लोकप्रियता बढ्दै गएको छ ।

एलआरआर मोटर्सका बिक्री विभाग प्रमुख अधिर श्रेष्ठका अनुसार कम्पनीले यो विस्तार योजना देशभरका ग्राहक र सम्भावित डिलरहरूबाट प्राप्त अत्यधिक सोधपुछ र चासोको प्रतिक्रिया स्वरूप तयार गरेको हो ।

“हामीलाई देशका विभिन्न भागबाट प्रत्यक्ष फोन र सामाजिक सञ्जालमार्फत जिली EX5 बारे थप जानकारी लिन र किन्ने इच्छाका बारेमा धेरै सोधपुछहरू प्राप्त भइरहेका छन्,” उनले थपे ।

कम्पनीले निकट भविष्यमै अन्य विभिन्न स्थानहरुमा पनि नयाँ डिलर नियुक्त गर्दै शोरुमको स्थापना गर्दै जाने बताएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

काठमाडौँ एयरपोर्ट दैनिक ६ घण्टा ४५ मिनेट बन्द

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ६ घण्टा ४५ मिनेट...

अमेरिका–इरानबीचको दोस्रो चरणको वार्ता अनिश्चित, फेरि युद्द सुरु हुने जोखिम

अमेरिका र इरानबीचको युद्ध रोक्न पाकिस्तानको मध्यस्थतामा हुने भनिएको...

स्थानीयलाई स्नो रिभर्सको आईपीओ बाँडफाँड, लगानीकर्ताले पाए ९७० कित्तासम्म शेयर

स्नो रिभर्स लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओ...

१३.१७ अंकले घट्यो शेयरबजार, १५ प्रतिशतले बढ्यो ४ कम्पनीको शेयर

आज सोमबार शेयरबजार परिसूचक नेप्से घटेको छ। आज नेप्से...

इप्पानको साधारणसभा जेठ २९ मा, अध्यक्ष बन्दै मोहन डाँगी

जलविद्युत उत्पादकहरुको संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को...

गृहमन्त्री गुरुङले दिए स्पष्टीकरण, भन्छन् ‘शेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो?’

विवादित व्यवसाय दिपक भट्टको कम्पनीमा गरिएको शेयर लगानीबारे गृहमन्त्री...
spot_img