Monday, April 20, 2026
spot_img
spot_img

नाडा अटो शोमा ‘डेब्यू’ गरेको Geely EX5 ले कति बुकिङ पायो ?

spot_img
spot_img

Geely EX5 विद्युतीय गाडीले नाडा अटो शोमा उल्लेख्य बुकिङ पाएको छ । DreamSmart China को अधिकृत आयातकर्ताको रुपमा नेपालमा Geely EX5 भित्र्याउने एलआरआर मोटर्स प्रा.लि.का अनुसार नाडा अटो शोका क्रममा १८७ युनिट गाडीको बुकिङ भएको छ ।

Max र Pro गरी दुई वटा भेरियन्टमा प्रदर्शनीमा राखिएको Geely EX5 अत्याधुनिक प्रविधि, अधिक रेञ्ज र आकर्षक डिजाइनका कारण चर्चामा छ ।

“नाडामा Geely EX5 ले पाएको उत्साहजनक प्रतिक्रियाले हामीलाई हौसला प्रदान गरेको छ,” एलआरआर मोटर्सका बिक्री तथा सञ्चालन प्रमुख अधिर श्रेष्ठले भने, “छ दिनमै १८७ वटा बुकिङ हुनु Geely को नवप्रवर्तनमा बढ्दो विश्वास र नेपालमा दिगो गतिशीलताका समाधानप्रति बढ्दो मागको स्पष्ट संकेत हो । यो सफलताले नेपाली बजारका लागि विश्वस्तरीय EV उपलब्ध गराउने हाम्रो प्रतिवद्धतालाई अझ मजबुत बनाएको छ ।”

श्रेष्ठका अनुसार, Geely EX5 श्रृंखलामा प्रयोग गरिएको नवीनतम र परिमार्जित ब्याट्रीले विशेषगरी नेपाली उपभोक्ताहरुलाई आकर्षित गराएको हो ।

गाडी निर्माता जिली होल्डिङ्ग ग्रुप आफैले उत्पादन गरेको यो ब्याट्रिले एट (आठ वटा) निडल परिक्षण पास गरेसँगै संसारकै पहिलो वाटर, फायर र बुलेट प्रुफ प्रमाणीत यस ब्याट्रिको आयू ३५ सय चार्ज रिसाइकल (लगभग १० लाख किमि अथवा ५० वर्ष) रहेको छ जुन हालसम्म उपलब्ध अन्य कुनै पनि ब्याट्रिको क्षमताभन्दा धेरै अधिक हो ।

साथै आयातकर्ता एलआरआर मोटर्स्ले जिलीका गाडीहरुको ब्याट्रिमा आठ वर्ष वा एक लाख ६० हजार किमिसम्म वारेण्टि समेत दिएको छ । एलआरआर मोटर्सका अनुसार बुक गरिएका गाडीहरूको डेलिभरी आजैदेखि सुरु भइसकेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

 सिटिजन्स बैंक २०औं वर्षमा प्रवेश

२०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको...

एक दर्जन देशमा फेरि खुल्यो श्रम स्वीकृति

सरकारले पश्चिम एसियाका एक दर्जन देशमा श्रम स्वीकृति खुला गरेको...

HUAWEI Band 11 Series Officially Launched in Nepal

HUAWEI has officially introduced its latest smart wearable, the...

९ महिनामा १२ खर्ब ६७ अर्ब ब्यापार घाटा

चालु आर्थिक वर्षको ९ महिनामा नेपालको ब्यापार घाटा साढे...

काठमाडौँ एयरपोर्ट दैनिक ६ घण्टा ४५ मिनेट बन्द

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ६ घण्टा ४५ मिनेट...

अमेरिका–इरानबीचको दोस्रो चरणको वार्ता अनिश्चित, फेरि युद्द सुरु हुने जोखिम

अमेरिका र इरानबीचको युद्ध रोक्न पाकिस्तानको मध्यस्थतामा हुने भनिएको...
spot_img