Thursday, July 9, 2026
spot_img

Geely EX 5 र JY Air नेपालमा सार्वजनिक, बुकिङ गर्दा आईफोन वा एक तोला सुन जित्ने अवसर

spot_img

विश्वप्रसिद्ध चिनिँया ईभी ब्रान्ड Geely EX 5 र JY Air का गाडीहरु नेपालमा सार्वजनिक भएका छन् । मंगलबारदेखि सुरु भएको नाडा अटो शो २०२५ का अवसरमा यी गाडीहरु औपचारिक रूपमा सार्वजनिक गरिएका हुन् ।

सार्वजनिक भएसँगैं Geely EX 5 Max र Pro साथै JY Air Ultra र Lite ईभी नेपाली उपभोक्ताहरूका लागि टेष्ट ड्राइभ र खरिद दुवैका लागि उपलब्ध भएका छन् ।

DreamSmart China को अधिकृत आयातकर्ता LRR Motors ले नेपालमा Geely EX5  भित्र्याएको हो भने LRR Motors JY Auto Group को नेपालको लागि पनि आधिकारिक आयातकर्ता रहेको छ ।

यस वर्षको NADA Auto Show मा कम्पनीले अटोप्रेमी र खरिदकर्ताहरूका लागि विशेष छुट योजना घोषणा गरेको छ । अब ग्राहकहरूले आकर्षक Geely EX5 Max ६४.९९ लाखमै लैजान सक्नेछन् । जुन वास्तविक मूल्य भन्दा ३ लाख कम हो ।

त्यस्तै, स्टाइलिश Geely EX5 Pro ५४.९९ लाखमा उपलब्ध छ, जबकी यसको वास्तविक मूल्य ५८ लाख कायम भएको थियो ।

त्यसैगरी, JY Air का प्रिमियम मोडलहरूमा पनि आकर्षक छुट योजना ल्याइएको छ । सुरुमा ६८ लाखको मूल्य रहेको JY Air Ultra अहिले ६४.९९ लाखमा उपलब्ध छ भने सुरुमा ५४ लाख मूल्य भएको JY Air Lite केवल ४९.९९ लाखमै खरिद गर्न सकिनेछ ।

यसैगरी, LRR Motors ले Geely EX5 र JY Air दुवै मोडल खरिद गर्ने ग्राहकहरूका लागि विशेष बुकिङ योजना पनि घोषणा गरेको छ । २ लाखको ननरिफण्डेबल बुकिङ गर्ने खरिदकर्ताले छुटसहितको मूल्य सुनिश्चित गर्नुका साथै iPhone १६ Pro Max, वा एक तोला सुन, वा १,८०,००० सम्मको नगद छुट मध्ये कुनै एक पाउने अवसर प्राप्त गर्नेछन् ।

यो सीमित अवधिको अफरले ग्राहकलाई थप मूल्य प्रदान गर्नेतर्फको कम्पनीको प्रतिबद्धता झल्काउने तथा ई–मोबिलिटीलाई अझ आकर्षक बनाउने कम्पनीको विश्वास लिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सिबिफिनले भन्यो, ‘मौद्रिक नीति सन्तुलित, केही महत्वपूर्ण सुझाव भने समेटिएनन्’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र...

नाइमा मोबिलिटी एक्स्पोः यी हुन् ५१ स्टलमा रहने ब्राण्ड, कति छन् नयाँ लन्च ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना...

सेबोनले भन्यो ‘अर्को सातासम्म पुँजीबजार विकास मार्गचित्र आउँछ, सुझबुझपूर्वक लगानी गर्नु’

नेपाल धितोपत्र बोर्डले आगामी साता सम्ममा पुँजी बजार विकास...

अत्याधुनिक फिचर्ससहित नेपाल आउँदै ‘लिपमोटर बी०३’, नाईमा एक्स्पोमा लन्च हुने

लिपमोटरको नयाँ इलेक्ट्रिक एसयूभी नेपाल आउने भएको छ ।...

नेप्सेमा पोखरा फाइनान्स र समृद्धि फाइनान्सको शेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा पोखरा फाइनान्स लिमिटेड र समृद्धि...

सरकारले संसदलाई जानकारी गरायो आफ्नो १०० दिनको उपलब्धी

सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिनमा सुशासन, प्रशासनिक सुधार,...
spot_img