Tuesday, April 21, 2026
spot_img
spot_img

वास्तविक अटो प्रेमीहरुको उत्सव बनेको ‘नाइमा मोबिलिटी एक्स्पो’

spot_img
spot_img

दीपक थपलिया

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (NAIMA)ले आयोजना गरेको ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ । उद्घाटनदेखि समापनसम्म आइपुग्दा एक्स्पो व्यवस्थित र भव्य भयो ।

स्टलहरू सफा थिए, आगन्तुकहरु हिँड्ने बाटो सफा र फराकिला (२० फिट) थिए र सम्पूर्ण कार्यक्रमको स्तर राम्रो थियो । आगन्तुकहरू सजिलै घुम्न सक्थे र हरेक स्टललाई आफ्ना प्रोडक्ट देखाउन पर्याप्त स्थान थियो । व्यवस्थापन र वातावरण राम्रो बनाएकोमा आयोजकको प्रशंसा गर्नै पर्छ ।

तर, विगत वर्षहरुमा भएका शो भन्दा युवर्ष नाइमाले आयोजना गरेको एक्स्पोको सबैभन्दा ठूलो फरक भनेको आउने आगन्तुकको स्तर थियो । अघिल्ला वर्षको तुलनामा उत्पादनको विविधता अलिक कम थियो, तर आउने मानिसहरू साँच्चिकै अटो प्रेमी थिए । उनीहरू केवल हिँड्न वा हेर्न मात्र आएका थिएनन्, उनीहरू बुझ्न, सोध्न र छलफल गर्न आएका थिए । उनीहरूलाई गाडी, बाइक र प्रविधिप्रतिको वास्तविक चासो थियो । यसकारण, हरेक प्रदर्शकले आफ्ना उत्पादनहरू यस्ता आगन्तुकलाई देखाउने मौका पाए, जसले त्यसको मूल्य बुझ्थे । यो गुणस्तरीय दर्शकको उपस्थिति नै यस एक्स्पोको विशेष सफलता बन्यो ।

अर्को राम्रो पक्ष भनेको हलभित्रको वातावरण हो । सामान्यतया हुने भीडभाड र हतारबिना आगन्तुक र प्रदर्शकबीच लामो समय कुराकानी हुने वातावरण बनेको थियो । मानिसहरूले आरामसँग सबै ब्राण्डका विशेषताहरू बुझ्न, मोडेलहरू तुलना गर्न र प्राविधिक पक्षहरू बुझ्न समय पाए । यो केवल व्यापारिक प्रदर्शनी मात्र नभई ज्ञान आदान–प्रदानको मञ्च जस्तो लाग्यो, जसले यस्ता कार्यक्रमको दीर्घकालीन मूल्य दिइरहन्छ । र, अबको हाम्रो अटोमोबाइल्स इन्डष्ट्रीले ज्ञान आदान–प्रदानलाई पनि उत्तिकै केन्द्रमा राख्नुपर्छ । जुन, यस एक्स्पोबाट सुरुवात पनि भएको छ ।

यस कार्यक्रमले नेपालको अटो बजारको परिपक्वता पनि देखाएको छ । केवल आकर्षक मोडल तथा ब्राण्डको लन्च वा चम्किला स्टलहरूमा मात्र नभई, ब्रान्डहरूले स्पष्ट जानकारी, पारदर्शी मूल्य र ग्राहकका वास्तविक प्रश्नहरूको जवाफ दिनमा ध्यान दिएका थिए । यसले देखाउँछ की, उद्योग र ग्राहक दुवै सँगसँगै परिपक्व हुँदैछन् ।

अब छिट्टै आउँदै गरेको NADA अटो शोको पनि सफल होस् भन्ने शुभकामना छ । यो प्रतिस्पर्धाको कुरा होइन, एक–अर्काबाट सिक्ने अवसर होस् । ताकि दुबै कार्यक्रम अझ राम्रो बनून् र अन्ततः लाभ आयोजक वा ब्रान्डलाई मात्र नभई ग्राहकलाई होस् । किनकि जब यो उद्योग सँगसँगै अघि बढ्छ, सबैको जित हुन्छ ।

(लेखक दीपक थपलिया लक्ष्मी हुण्डाईका महाप्रबन्धक हुन्)

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

 सिटिजन्स बैंक २०औं वर्षमा प्रवेश

२०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको...

एक दर्जन देशमा फेरि खुल्यो श्रम स्वीकृति

सरकारले पश्चिम एसियाका एक दर्जन देशमा श्रम स्वीकृति खुला गरेको...

HUAWEI Band 11 Series Officially Launched in Nepal

HUAWEI has officially introduced its latest smart wearable, the...

९ महिनामा १२ खर्ब ६७ अर्ब ब्यापार घाटा

चालु आर्थिक वर्षको ९ महिनामा नेपालको ब्यापार घाटा साढे...

काठमाडौँ एयरपोर्ट दैनिक ६ घण्टा ४५ मिनेट बन्द

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ६ घण्टा ४५ मिनेट...

अमेरिका–इरानबीचको दोस्रो चरणको वार्ता अनिश्चित, फेरि युद्द सुरु हुने जोखिम

अमेरिका र इरानबीचको युद्ध रोक्न पाकिस्तानको मध्यस्थतामा हुने भनिएको...
spot_img