नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङको प्रि-बजेट एक्सचेन्ज फेस्ट अब जेठ ७ सम्म चल्ने भएको छ । ग्राहकहरूको उत्साहपूर्ण सहभागिता र बढी रहेको मागलाई ध्यानमा राखी प्रि-बजेट एक्सचेन्ज फेस्टलाई अतिरिक्त ३ दिन (जेठ ५ देखि ७ सम्म, अर्थात १९ देखि २१ मे २०२५) सम्म बढाइएको कम्पनीले जनाएको छ।
यो अभियान सफलतापूर्वक सञ्चालन हुँदै आएको र ग्राहकहरूले यसबाट ठूलो फाइदा लिँएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यस मेलामा ग्राहकहरूले कुनै पनि ब्रान्डको पुरानो गाडी दिएर टाटाको नयाँ इलेक्ट्रिक गाडी साट्न सक्नेछन्। यसबाट उनीहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरीज, र जीवनभर निःशुल्क चार्जिङ जस्ता विशेष सुविधाहरू पाउनेछन्। साथै, ८०% सम्म वित्तीय सुविधा पनि उपलब्ध हुनेछ, जसले इलेक्ट्रिक गाडी खरिद गर्ने प्रक्रिया अझै सजिलो बनाउँछ। यो अफर टाटा टियागो, कर्भ, पन्च, र नेक्सन के३ ईभी जस्ता लोकप्रिय इलेक्ट्रिक मोडेलहरूमा लागू हुने कम्पनीले जनाएको छ।
कम्पनीले भनेको छ ‘यस फेस्टमा ग्राहकहरूले निःशुल्क चार्जिङ बक्स र त्यसको स्थापना सुविधा पाउनेछन्। इच्छुक ग्राहकहरूले देशभर रहेका सिप्रदीको आधिकारिक सोरुममा गई मेलाको अवलोकन गर्न तथा इलेक्ट्रिक गाडीहरूको टेस्ट ड्राइभ गर्न सक्नेछन्।’
इलेक्ट्रिक गाडीमा स्विच गर्न चाहनेहरूलाई यो अवसर नछुटाउन कम्पनीले आग्रह गरेको छ।













