लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाईका तीन मोडेल इलेक्ट्रिक सवारीमा ‘प्रि–बजेट अफर’ ल्याएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले जेठ ५ देखि १४ गतेसम्म सीमित अवधिका लागि लागू हुने गरी आकर्षक प्रि–बजेट अफर सार्वजनिक गरेको हो ।
यस अफरअन्तर्गत ग्राहकले नयाँ हुन्डाई कोना इलेक्ट्रिक, आयोनिक–५ र क्रेटा ईभी खरिद गर्दा निशुल्क बीमा, सडक कर छुट र नगद छुटको लाभ पाउने छन् ।
लक्ष्मी हुन्डाईले देशभर डीसी र एसी चार्जरयुक्त ६६ सक्रिय स्टेशनसहितको री–लार्ज चार्जिङ नेटवर्क विस्तार गरिसकेको छ । कम्पनीले सेवा, स्पेयर पार्ट्स र बिक्रीपछिको सहयोग पनि सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।
कम्पनीले इच्छुक ग्राहकहरूलाई नजिकको हुन्डाई शोरूममा सम्पर्क गरी अफरको फाइदा उठाउन आग्रह गरेको छ ।













