Wednesday, April 22, 2026
spot_img
spot_img

३ हजार ५१९ मिटर उचाईमा सार्वजनिक भयो ‘ई टेरोन–९’ इलेक्ट्रिक पीकअप, कति छ मूल्य ?

spot_img
spot_img

म्याक्ससको ‘ई टेरोन–९’ इलेक्ट्रिक पीकअप नेपाली बजारमा आधिकारिक रुपमा सार्वजनिक भएको छ । नेपालका लागि म्याक्ससको आधिकारिक बिक्रेता हिमालयन मोट्रक्सले मनाङस्थित ३५१९ मिटर उचाईमा ‘ई टेरोन–९’ इलेक्ट्रिक पीकअप सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार नेपालमै पहिलो पटक उच्च भू–भागमा लक्जरी इलेक्ट्रिक फोरह्वील म्याक्सस ई–टेरोन ९ पीकअप सार्वजनिक भएको हो । पीकअप सार्वजनिकसँगै ‘एअर सस्पेन्सन’को सफल प्रदर्शन पनि गरिएको छ ।

हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्स प्रा.लि.ले नेपालमै पहिलो पटक हिमालको काखमा पीकअप सार्वजनिक गरेको हो । यसबाट नेपालको विद्युतीय सवारी साधन यात्रामा नविनतम आयाम थप भएको कम्पनीको विश्वास छ ।

म्याक्सस इ–टेरोन ९ पीकअपलाई काठमाडौंदेखि मनाङसम्मको यात्रासहित मनाङमा भव्य कार्यक्रमबीच सार्वजनिक गरिएको छ । ३,५१९ मिटर (११,५४५ फिट) उचाइमा अवस्थित मनाङ जिल्लामा आयोजित कार्यक्रमले नेपालको जस्तोसुकै विकट भौगोलिक संरचनामा पनि यो विद्युतीय सवारीसाधन उपयुक्त छ भन्ने कुरा प्रमाणित गरेको कम्पनीले जनाएको छ ।

एग्रेसिभ लुक भएको यो पीकअप नेपालमा आयात हुने कुनै पनि अन्य पिकअप भन्दा हरेक कुरामा अब्बल रहेको कम्पनीको दाबी छ।

किन मनाङमा गरियो सार्वजनिक ?

हिमालय मोट्रक्सले म्याक्सस ई–टेरोन ९ को लन्चिङका लागि मनाङ छानेको हो । मनाङमा म्याक्सस पीकअप सार्वजनिक गर्ने निर्णय केवल एक स्थल चयन मात्र नभई विद्युतीय सवारीका क्षेत्रमा भएको नविनतम आयामको प्रदर्शनका लागि यो एक सन्देश पनि भएको जनाइएको छ ।

कठोर हिमाली भूभाग, चट्टानी बाटो र उच्च उचाइका कारण मनाङ नेपालकै चुनौतीपूर्ण अफरोड क्षेत्रमध्ये एक हो । यस्तो स्थानमा सफल परीक्षण र प्रदर्शन गरेर, कम्पनीले यो विद्युतीय पिकअपको डुअल मोटर फोरविल प्रणाली, एडप्टिभ एअर सस्पेन्सन र सम्पूर्ण भू–भागमा सहज संचालन क्षमताको प्रमाण प्रस्तुत गरेको छ ।

शहरी सडकदेखि हिमाली बाटासम्म सहजै संचालन गर्न डिजाइन गरिएको म्याक्सस ई–टेरोन ९, नेपालकै पहिलो लक्जरी इलेक्ट्रिक पीकअप हो । जसमा एडजस्टेबल एअर सस्पेन्सन समावेश छ ।

उच्चतम् गति १९० किलोमिटर प्रतिघण्टा रहेको यस पीकअपमा सेग्मेन्टकै ठूलो साइजको ब्याट्री प्याक छ । डब्लूएलटीपीका अनुसार उक्त ब्याट्रीले फुल चार्जमा ४३० किलोमिटरसम्म रेन्ज दिनेछ । ११ किलोवाटको एसी चार्जरले १२ घण्टामा यसलाई फुलचार्ज गर्न सकिने छ ।

यसको लम्बाइ ५ हजार ५०० एमएम, चौडाइ १ हजार ९९७ एमएम, उचाइ १ हजार ८७४ एमएम छ । ३ हजार ३०० एमएम लामो ह्वीलबेस रहेको यस पीकअपमा २३० एमएम ग्राउण्ड क्लियरेन्स छ ।

फोर ह्वील ड्राइभ अप्सन भएको यस पीकअपको अगाडि १२५ र रियरमा २०० किलोवाटको मोटर दिइएको छ । दुवै मोटरको संयुक्त पावर ३१५ किलोवाट रहेको बताइएको छ ।

कम्पनीले नेपाली बजारमा यस पीकअपमा ५ वर्ष वा १ लाख ६० हजार किलोमिटर र हाइ भोल्टेज ब्याट्रीमा ८ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी दिएको छ । २० आधुनिक सुरक्षा फिचरहरु, ९ एयरब्याग, ३६० डिग्री सराउण्डिङ क्यामेरा, अडाप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट जस्ता फिचर्स भएको म्याक्सस ई–टेरोन ९ को सुरुवाती मूल्य कम्पनीले ९९ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रभु इन्स्योरेन्सको साधारणसभा आज हुँदै

प्रभु इन्स्योरेन्सले आज वैशाख ९ गते साधारणसभा गर्दै छ।...

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका...

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...
spot_img