Wednesday, April 22, 2026
spot_img
spot_img

बुटवल–भैरहवा क्षेत्रमा क्रेटा ईभी सार्वजनिक: ३० भन्दा बढी बुकिङ, १० वटा हस्तान्तरण

spot_img
spot_img

नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले बुटवल–भैरहवा क्षेत्रमा क्रेटा ईभी सार्वजनिक गर्दै विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

यस कार्यक्रममा अहिलेसम्मकै ब्यापक सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ । कम्पनीको अनुसार, नयाँ क्रेटा ईभीको आगमनले विद्युतीय सवारी बारे दुविधा भएका ग्राहकहरूलाई स्पष्ट निर्णय लिन सजिलो बनाउँदै लगेको छ ।

हुन्डाई नेपालले देशमै क्रेटा आइसीई, पेट्रोल मोडलको निर्माण कार्य थालिसकेको र क्रेटा ईभी तथा आइसिई, दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकोले गाडी खरिद पछिको सेवा सुविधामा अब कुनै पनि समस्या हुने छैन ।

साथै लक्ष्मी हुन्डाईले ईभी इकोसिस्टमलाई अझै मजबुत बनाउन रिल्याक्स चार्जिङ्गको नेटवर्क विस्तार गर्दै छ जस अन्तर्गत अहिले नै देश भरका विभिन्न ठाउँहरुमा रिल्याक्स डिसी र एसी गरी ६६ चार्जर सुचारु भइसकेको छ । यसले गर्दा ग्राहकहरूलाई हुन्डाईको पेट्रोल र ईभी कुनै पनि गाडी खरिद गर्दा सेवा, पार्ट्स र सपोर्टमा कुनै किसिमको कमी नहुने दाबी कम्पनीले गरेको छ ।

नेपालभर यो सन्देश फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली देशका विभिन्न सहरमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ । सोही अभियान अन्तर्गत कम्पनीले ३१ बैशाखमा सिद्दि विनायक मोटो कर्प प्रा.लि. बुटवल र जगत मोटर्स प्रा.लि. भैरहवा (हुन्डाईको आधिकारिक डिलर) को संयुक्त आयोजनामा विशेष भेटघाट कार्यक्रममा नयाँ क्रेटा ईभी सार्वजनिक गरेको थियो, जहाँ क्रेटा ईभी सहित हुन्डाईका अरु नयाँ मोडलहरू पनि प्रदर्शन गरिएका थिए ।

यस कार्यक्रममा ग्राहक वर्गको हुन्डाईप्रति उत्साहजनक क्रेज र विश्वास उल्लेखनीय रुपमा देखिएको छ । पछिल्ला कार्यक्रमहरुको रेकर्ड तोड्दै सोही स्थानबाट क्रेटा ईभीका ३० भन्दा बढी युनिटको बुकिङ भएको छ । जसमा कार्यक्रम स्थलबाट १० वटा क्रेटा ईभी ग्राहकहरूलाई हस्तान्तरण पनि गरिएको कम्पनीले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रभु इन्स्योरेन्सको साधारणसभा आज हुँदै

प्रभु इन्स्योरेन्सले आज वैशाख ९ गते साधारणसभा गर्दै छ।...

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका...

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...
spot_img