नेपालमा हुन्डाई सवारी साधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले भरतपुर, चितवनमा नयाँ क्रेटा EV सार्वजनिक गर्दै अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कम्पनीले २०८२ वैशाख २९ गते पिनाकल ट्रेडिङ प्रा. लि. ( हुन्डाईको आधिकारिक डिलर) मा विशेष भेटघाट कार्यक्रम गरि नयाँ क्रेटा EV सार्वजनिक गरेको हो ।
यस कार्यक्रमले सहभागीहरुबाट अत्यन्त राम्रो प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कार्यक्रम स्थलबाट ५ वटा क्रेटा EV ग्राहकहरूलाई गरिएको छ । कम्पनीका प्रतिनिधिहरूले कार्यक्रमका सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै हुन्डाई गाडी सम्बन्धी विस्तृत जानकारी र आवश्यक सहयोग प्रदान गरेका थिए।
कम्पनीको अनुसार, नयाँ क्रेटा EV को आगमनले विद्युतीय सवारी सम्बन्धी सोच र शङ्का भएका ग्राहकहरूलाई स्पष्ट निर्णय लिन थप सजिलो बनाएको छ । धेरैलाई EV खरीद गर्दा स्पेयर पार्ट्सको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टको विषयमा शङ्का हुने गरेको देखिन्छ । तर हुन्डाई नेपालले देशमै क्रेटा ICE, पेट्रोल मोडलको निर्माण कार्य थालिसकेको छ । क्रेटा EV र ICE, दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकोले अब कुनै पनि समस्या नहुने कम्पनीले जनाएको छ।
साथै लक्ष्मी हुन्डाईले EV इकोसिस्टमलाई पनि अझै मजबूत बनाउन RE-Lax चार्जिङ्गको नेटवर्क विस्तार गर्दै छ जस अन्तर्गत अहिले नै देश भरका विभिन्न ठाउहरुमा RE-Lax DC र AC गरी ६६ चार्जर सुचारु भैसकेको उल्लेख गरेको छ ।ग्राहकहरूलाई हुन्डाईको पेट्रोल (ICE) र EV कुनै पनि गाडी खरिद गर्दा सेवा, पार्ट्स र सपोर्टमा कुनै किसिमको कमी नहुने दाबी कम्पनीले गरेको छ।
नेपालको हरेक क्षेत्रमा यो सन्देश फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली विभिन्न सहरमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ ।













