Friday, July 17, 2026
spot_img

अन्दाजमै हुन्छ सेकेण्ड ह्याण्ड ईभीको ‘भ्यालूएशन’, व्यवसायी भन्छन् ‘आँट हुनेले मात्रै उठाउँछन्’

spot_img

सेकेण्ड ह्याण्ड विद्युतीय गाडीहरुको मूल्य राम्रो नआउने र बिक्री गर्न पनि निकै सास्ती ब्यहोर्नुपर्ने रिकण्डिशन हाउसहरुले बताउँदै आएका छन् । नयाँ सवारी साधनको आयातमा प्यासेन्जर कारतर्फ ईभीको हिस्सा ७५ प्रतिशत भन्दा माथि पुगिसक्दा पनि रिकण्डिशन बजारमा भने ईभी बिक्री गर्नै सकस छ ।

त्यसो त, ईभीको ‘रिसेल भ्यालू’ निकाल्ने विश्वसनीय र वैज्ञानिक प्रणाली पनि नभएको व्यवसायीहरु बताउँछन् । आईसी इन्जिनवाला गाडी सेकेण्ड ह्याण्ड बजारमा आउँदाको त्यसको मूल्याङ्कन (भ्यालूएशन) गर्न मुख्यगरी ४ कुरा हेरिन्छ । पहिलोः कति किलोमिटर हिडेको छ ? दोस्रोः कुन वर्ष बनेको हो ? (कुन वर्षको मोडल) तेस्रोः इन्जिनको अवस्था कस्तो छ ? र, चौथोः दुर्घटना भएको छ कि छैन ?

तर, ईभीको मूल्याङ्कन (भ्यालूएशन)मा यी कुराहरु हेरिँदैन । ब्याट्री र मोटरको ‘हेल्थ’ मात्रै हेरिने गरेको रिकण्डिशन अटो व्यवसायी संघका अध्यक्ष रमेश कोइराला बताउँछन् । यति मात्रै हेरेर भ्यालूएशन गर्दा पनि रिकण्डिशन हाउसबाट ईभी गाडी बिक्री हुन निकै सकस भइरहेको उनको भनाइ छ ।

‘सेकेण्ड ह्याण्ड ईभीको रिसेल भ्यालू तोक्ने ठ्याक्कै आधार बनिसकेको छैन’ अध्यक्ष कोइरालाले भने, ‘अहिले ब्याट्रीको हेल्थ हेरेर भ्यालू तय गरिएपनि ८ वर्ष पूरा भएपछि ब्याट्रीको अवस्था के होला भन्ने डरले पनि मान्छेहरुले सेकेण्ड ह्याण्ड मार्केटबाट ईभी किन्न चाहिरहेका छैनन् ।’

त्यसो त, रिकण्डिशन अटो व्यवसायी संघका महासचिव कुमार बोगटीले त झन अन्दाजमै भ्यालूएशन हुने गरेको जनाएका छन् । उनका अनुसार रिकण्डिशन हाउसले ईभी बिक्री गर्न चाहनेसँग कवाडी संकलन गर्नेले कवाड वस्तुहरु हेरेर यति पैसा दिन्छु भनेर जसरी अन्दाजमै मूल्य तोक्नुपर्ने स्थिति छ ।

‘कवाडी किन्नेले यसो सामान हेरेर यति पैसा भन्दा आउँदैन भनेर अन्दाजमा भन्छ नि, हो त्यसैगरी रिकण्डिशन हाउसले पनि ईभी किन्दा अन्दाजमै मूल्य तोकेर उठाउनुपर्ने बाध्यता छ’ महासचिव बोगटीले भने, ‘हेर्ने हो भने ईभीमा धेरै कुरा हेर्नुपर्ने हुन्छ, तर अहिलेकै अवस्थामा हेरेर साध्य पनि हुँदैन । अन्दाजमै हान्ने (उठाउने) हो ।’

उनले अहिले फाट्टफुट्ट सेकेण्ड ह्याण्ड बजारमा आइरहेका ईभी पनि रिकण्डिशन व्यवसायीहरुले ‘रिक्स’ लिएका कारण मात्रै आउन सकेका हुन् । ‘व्यवसायीले हिम्मत गरेकै कारण अहिले अलिअलि भएपनि ईभी सेकेण्ड ह्याण्ड मार्केटमा आइरहेका छन्’ बोगटीले थपे, ‘नेपालको कानुन अनुसार किनेको मूल्यमा २० प्रतिशतसम्म नाफा राख्न पाइन्छ । किनेको मूल्यमा २० प्रतिशत नाफा राखेर बेच्न सक्छु भन्ने आँट हुनेले उठाउँछन्, गाडी ल्याइरहेका पनि छन् । प्रणाली नबनेसम्म यसो गर्नुपर्ने हाम्रो पनि बाध्यता हो ।’

अध्यक्ष कोइराला भने केही समय अघिसम्म लय समात्छ कि जस्तो देखिएको ईभीको सेकेण्ड ह्याण्ड बजार पछिल्लो समय थप बिग्रिएको बताउँछन् । उनका अनुसार मुख्य गरी २ कुराले अहिले ईभीको सेकेण्ड ह्याण्ड बजारलाई असर गरिरहेको छ ।

पहिलोः बैंक, वित्तीय संस्थाले सेकेण्ड ह्याण्ड ईभीमा फाइनान्सिङ नगर्ने कारण । दोस्रो: गाडीको मर्मत खर्च नयाँ गाडीको मूल्य भन्दा दोब्बर बढी आएको चर्चा ।

‘पहिलो कुरा त सेकेण्ड ह्याण्ड मार्केट बढाउनका लागि बैंक तथा वित्तीय संस्थाले सेकेण्ड ह्याण्ड ईभीमा पनि फाइनान्सिङ गर्नुपर्ने हो, अहिले बैंक फाइनान्सले गरिरहेका छैनन् । यदि बैंक वित्तीय संस्थाले सेकेण्ड ह्याण्ड ईभीमा पनि फाइनान्सिङ गर्ने हो भने कन्फिडेन्स बढ्थ्यो, जबकी आईसी इन्जिनावाला सेकेण्ड ह्याण्ड गाडीमा यस्तो फाइनान्सिङ सहजै भइरहेको छ’ अध्यक्ष कोइरालाले भने, ‘अर्को चाहिँ मर्मत गर्न पैसा निकै खर्च हुन्छ भन्ने चर्चा पनि भइरहेको छ । गाडीको मूल्य ५३ लाख, मर्मत खर्च चाहिँ डेढ करोड भन्ने चर्चाले पनि सेकेण्ड ह्याण्ड गाडी खरिद गर्न चाहनेहरुको रोजाइमा ईभी गाडी पर्न सकेका छैनन् ।’

उनका अनुसार यी कारणहरुले गर्दा सेकेण्ड ह्याण्ड ईभीको भ्यालूएशन नै कमजोर हुने गरेको छ ।

यस अघि : अन्धाधुन्ध हुन थाल्यो सेकेण्ड ह्याण्ड ईभीको कारोबार, सहकारीबाट फाइनान्सिङ

‘सेकेण्ड ह्याण्ड ईभी’मा फाइनान्सिङको सकस

रिकण्डिशन अटो व्यवसायीका समस्याबारे राज्य बेखबर

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

४०५ स्थानीय तहमा आजबाट जग्गाको कित्ताकाट रोकियो

जग्गाको वर्गीकरण सम्पन्न नगरेका देशभरका स्थानीय तहमा जग्गाको कित्ताकाट...

निर्धन उत्थान लघुवित्तको सीइओमा नारायण बहादुर कार्की नियुक्त

निर्धन उत्थान लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा नारायण बहादुर कार्की...

तत्काल निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा सहभागी गराउनुपर्छ : निवर्तमान अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले प्रसारण...

उर्जा मात्र नभई सबै क्षेत्रको पूर्वाधार विकासको लागि वन ऐन संशोधन हुनै पर्छ: अध्यक्ष डाँगी

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहन...

अझै पनि ६० प्रतिशतभन्दा बढी उद्योगहरू जेनेरेटर प्रयोग गर्न बाध्य छन् : अध्यक्ष पाण्डे

नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले मुलुकमा विद्युत उत्पादन...

नाइमा अध्यक्षलाई प्रश्नः गाडी आयात मात्रै गर्ने कि देशभित्रै उत्पादन पनि सुरु गर्ने ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले दोस्रो संस्करणको...
spot_img