Friday, July 17, 2026
spot_img

अन्धाधुन्ध हुन थाल्यो सेकेण्ड ह्याण्ड ईभीको कारोबार, सहकारीबाट फाइनान्सिङ

spot_img

सेकेण्ड ह्याण्ड बजारमा विद्युतीय सवारी साधन (ईभी) आउने क्रम बढ्न थालेपनि बैंकहरुले फाइनान्सिङ नगर्दा रिकण्डिशन हाउसहरु सहकारी संस्थामार्फत कारोबार गर्न बाध्य भएका छन् । अहिले २०२१ देखि २०२३–०२४ कै ईभी मोडलहरु पनि सेकेण्ड ह्याण्ड बजारमा आउने क्रम बढिरहेको भएपनि बैंकहरुले सेकेण्ड ह्याण्ड ईभीमा फाइनान्सिङ नगर्दा समस्या परिरहेको रिकण्डिशन हाउसका सञ्चालकहरुको गुनासो छ ।

नेपाल रिकण्डिशन अटो व्यवसायी संघका महासचिव कुमार बोगटीका अनुसार कुनै कुनै बैंकले खरिदकर्ताको प्रोफाइल हेरेर फाइनान्सिङ गरिदिने भएपनि लामो समय लगाउने गरेका छन् । उनका अनुसार बैंकहरु रिकण्डिशनबाट बिक्री हुने ईभीमा फाइनान्सिङ गर्न हिचकिचाउने र कुनैले गरिहाले पनि डेढ महिनासम्म समय लगाउने गरेका कारण रिकण्डिशन व्यवसायीहरु सहकारीमार्फत कारोबार गर्न बाध्य भएका छन् ।

‘मेरो जानकारीमा रहेसम्म एनएमबी बैंकले लामो समय लगाएर भएपनि सेकेण्ड ह्याण्ड ईभीमा फाइनान्सिङ गर्ने गरेको छ, त्यसमा पनि डकुमेन्ट र खरिदकर्ताको प्रोफाइल हेर्नै समय लाग्छ, अरु बैंक र फाइनान्सले गरेको त जानकारीमै छैन’ उनले भने ।

अन्धाधुन्ध कारोबार

सेकेण्ड बजारमा आएका ईभीको भ्यालूएशन पनि वैज्ञानिक नभइरहेको व्यवसायीहरु नै बताउँछन् । न सरकारले कुनै मापदण्ड बनाएको छ, न बैंक तथा वित्तीय संस्थाले नै मापदण्ड बनाउन सकेका छन् ।

सहकारी संस्थाहरुले सेकेण्ड ईभीमा फाइनान्सिङ गरेपनि उनीहरुले पनि वैज्ञानिक रुपमा गाडीको भ्यालूएशन गर्दैनन् । कतिपय सहकारीले त भ्यालूएशन नै नखोज्ने व्यवसायीहरुको भनाइ छ ।

‘रिक्स नै छ, कुनै मापदण्ड पनि छैन, प्रणाली नै नभएपछि भएका सबै कारोबार अन्धाधुन्ध रुपमै भइरहेको छन्’ एक जना रिकण्डिशन व्यवसायीले भने, ‘सहकारीसँग सेकेण्ड ह्याण्ड ईभीको भ्यालूएशन गर्ने मेकानिजम हुने कुरा पनि भएन । यसो चिनजानका आधारमा मिलाउने हो ।’

अर्का एक जना रिकण्डिशन व्यवसायीका अनुसार कुनै कुनै सहकारीले भ्यालूएशन खोजिहाले पनि रिकण्डिशन हाउसले नै गरेर दिएको भ्यालूएशनलाई विश्वास गरेर फाइनान्सिङ गरिदिन्छन् । कुनै प्रणाली र मापदण्ड नहुँदा सहकारीहरुले रिकण्डिशन हाउसका सञ्चालकहरुलाई विश्वास गरेर सेकेण्ड ह्याण्ड ईभीमा फाइनान्सिङ गरिरहेको ति व्यवसायीको भनाइ छ ।

त्यसो त, यसरी सेकेण्ड ईभीमा फाइनान्सिङ गर्ने सहकारीहरु कुनै ठूला र चर्चित सहकारी छैनन् । साना र सिमित क्षेत्रमा कारोबार गर्दै आएका बचत तथा ऋण सहकारी संस्थाहरुले १५ प्रतिशत आसपासको ब्याजदरमा अहिले सेकेण्ड ह्याण्ड ईभीमा फाइनान्सिङ गरिरहेको व्यवसायीहरु बताउँछन् ।

‘ठूला सहकारीको त भागाभाग अझै जारी छ, गर्ने नै साना सहकारीले हो, यस्ता सहकारीले महँगो ब्याजमा ५० प्रतिशतसम्म फाइनान्सिङ गरिदिन्छन्’, एक जना व्यवसायीले भने, ‘बैंकले गरिदिए सजिलो हुन्थ्यो, ब्याज पनि थोरै पथ्र्यो, तर बैंकले नगरेपछि बजारमा आएका गाडी बेच्नै पर्‍यो, त्यहीँ भएर हामी सहकारी गुहार्न बाध्य भएका छौँ ।’

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नेपाल लाइफ इन्स्योरेन्सले बिरगंजमा किन्यो ८७.५३ धुर जग्गा, मूल्य ३३ करोड ७७ लाख

नेपाल लाइफ इन्स्योरेन्सले पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नं....

तोलामा ३१ सयले घट्यो सुनको भाउ, चाँदीको मूल्य पनि घट्यो

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहीबार प्रतितोला...

मिटरब्याज पीडित पक्ष र सरकारबीच निर्णायक वार्ता हुँदै, आजै सम्झौता हुने

आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै...

४०५ स्थानीय तहमा आजबाट जग्गाको कित्ताकाट रोकियो

जग्गाको वर्गीकरण सम्पन्न नगरेका देशभरका स्थानीय तहमा जग्गाको कित्ताकाट...

निर्धन उत्थान लघुवित्तको सीइओमा नारायण बहादुर कार्की नियुक्त

निर्धन उत्थान लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा नारायण बहादुर कार्की...

तत्काल निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा सहभागी गराउनुपर्छ : निवर्तमान अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले प्रसारण...
spot_img