Wednesday, April 22, 2026
spot_img
spot_img

सर्वोच्चका न्यायाधीशले चढ्ने भए ‘सुजुकी फ्रंक्स’

spot_img
spot_img

अब सर्वोच्च अदालतका ६१ जना न्यायाधीश तथा कर्मचारीले सुजुकीको गाडी चढ्ने भएका छन् । सर्वोच्च अदालतले आफ्ना न्यायाधीश तथा कर्मचारीका लागि ६१ थान एसयुभी कार खरिदका लागि टेन्डर आह्वान गरेकोमा प्राविधिक मूल्याङ्कनमा सुजुकी मात्रै छनोट भएको हो । यससँगै अब सर्वोच्च अदालतले सुजुकीका फ्रंक्स गाडी किन्ने पक्का भएको छ ।

सर्वोच्चले बुधबार सूचना जारी गर्दै प्राविधिक प्रस्तावहरूको अध्ययन, जाँच परीक्षण तथा मूल्याङ्कन गर्दा उक्त टेण्डरमा भाग लिएका विभिन्न कम्पनीमध्ये केएमसी अटोमोबाइल्स मात्रै छनोट भएको जानकारी दिएको छ । उक्त सूचना अनुसार अब बैशाख १७ गते दिउँसो १ बजे सर्वोच्चमा उक्त फर्मको आर्थिक प्रस्ताव खोलिनेछ ।

एक मात्रै व्यापारिक कम्पनी प्राविधिक रुपमा प्रभावकारी देखिएपछि अब सर्वोच्चले केएमसी अटोमोबाइल्सबाट ६१ युनिट एसयूभी किन्नेछ । सर्वोच्चले अधिकतम ३५ लाख ४० हजार रुपैयाँ सम्ममा गाडी दिन सक्ने कम्पनीले टेण्डरमा भाग लिन सक्ने गरी बोलकबोलको सूचना प्रकाशित गरेको थियो । यसमा गाडीका विभिन्न मापदण्ड राखिएका थिए ।

सर्वोच्चले मागेको मापदण्ड अनुसार १८५ एमएम ग्राउन्ड क्लिअरेन्स हुनुपर्ने, इन्जिनको क्षमता ११५० सिसीभन्दा बढी हुनुपर्ने, ‘कर्ब वेट’ ९५० किलोग्रामभन्दा बढी हुनुपर्ने र कम्तीमा अगाडि पाँच गियर र एक रिभर्स गियर हुनुपर्ने उल्लेख थियो । यस्तै, गाडीको टर्निङ रेडियस ५.३ मिटरभन्दा बढी हुन नहुने, प्रतिलिटर कम्तीमा १७ किलोमिटर माइलेज हुनुपर्ने, गाडीको ह्वीलबेस कम्तीमा २ हजार ४८० एमएम अर्थात् २.४८ मिटर हुनुपर्ने र मोडल सन् २०२५ कै हुनुपर्ने पनि मापदण्ड तोकिएको थियो ।

यस आधारमा सुजुकी फ्रंक्स र हुण्डाई भेन्य यी मापदण्ड अनुसार योग्य हुने अनुमान गरिएको थियो । सर्वोच्च अदालतका उपरजिस्ट्रार निरञ्जन पाण्डेका २ वटा कम्पनी मात्रै टेन्डरमा सहभागी भएको बताउँदै एउटा कम्पनी फेल भएको बताए। तर, प्राविधिक मूल्याङ्कनमै सुजुकीको बिक्रेता मात्रै योग्य ठहरिएको छ ।

सर्वोच्चले चालु आर्थिक वर्षमा ६१ थान कार खरिद गर्न २१ करोड ६० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कम्पनी रजिष्ट्रारको कार्यालयमा  AI Based Call Center संचालनमा

कम्पनी रजिष्ट्रारको कार्यालयले  AI Based Call Center संचालनमा ल्याएको...

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज बुधबार सुनको भाउ घटेको छ। मंगलबार प्रतितोला ३...

विद्युत प्राधिकरणले हाइड्रो आयोजनालाई RCOD थप गर्न बोलायो, ४ शर्त निर्धारण

नेपाल विद्युत प्राधिकरणले प्रवर्धकहरूलाई आयोजनाको RCOD थप गर्नको लागि...

सर्वोत्तम पेन्ट्सले वैशाख २१ गतेदेखि आईपीओ निष्काशन गर्ने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वैशाख...

प्रभु इन्स्योरेन्सको साधारणसभा आज हुँदै

प्रभु इन्स्योरेन्सले आज वैशाख ९ गते साधारणसभा गर्दै छ।...

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका...
spot_img