बीवाइडी गाडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले विशेष ग्राहक केन्द्रित अभियान ०–५–१० को घोषणा गरेको छ । नयाँवर्ष २०८२ को अवसरमा साइमेक्स इंकले यो अभियान घोषणा गरेको हो ।
सीमित समयका लागि प्रदान गरिने नयाँवर्ष अफर अन्तर्गत बीवाईडी गाडी बुक गर्ने ग्राहकहरुले ५ वर्षसम्म शून्य सर्भिसिङ शुल्क र १० वर्ष वा २ लाख किलोमिटरको एक्सटेन्डेड वारेन्टी पाउने छन् ।
५ वर्षसम्म शुन्य सर्भिसिङ मूल्य अन्तर्गत ग्राहकले निःशुल्क स्ट्यान्डर्ड वार्षिक मर्मत प्याकेज प्राप्त गर्नेछन्, जसमा लेवर, एसी फिल्टर, ब्रेक प्याड, वाइपर ब्लेड, ट्रान्समिसन आयल, ब्रेक आयल, एलभी ब्याट्री, कुलेन्ट लगायतका कन्जुमेबल समावेश हुनेछ । कम्पनीले सिफारिस गरेको सर्भिस तालिका अनुसार पाँच वर्ष सम्मका लागि यो सुविधा उपलब्ध हुनेछ ।
त्यसैगरी प्रत्येक ग्राहकले ब्याट्री र मोटरमा १० वर्ष वा २ लाख किलोमिटरमध्ये जुन पहिले आउँछ, त्यही वारेन्टी सुविधाको फाइदा पाउने छन् । यो ईभी उद्योगमै सबैभन्दा धेरै पाइने वारेन्टी हो, जसले गुणस्तरीयता, विश्वसनियता र ग्राहक सन्तुष्टिप्रति बीवाईडीको दीर्घकालीन प्रतिबद्धतालाई पुनःपुष्टि गर्ने कम्पनीको भनाइ छ ।
यो विशेष ०–५–१० अभियान आगामी २०८१ बैशाख ३१ सम्म गाडी बुकिङ गर्ने ग्राहकका लागि उपलब्ध हुनेछ र बीवाईडीका नेपालभर उपलब्ध सबै मोडलमा लागु हुनेछ ।
सो अभियान घोषणा वारेमा बोल्दै साइमेक्स इंकका नेसनल सेल्स हेड आशुतोष गौतमले भने, ‘नयाँ वर्षमा पदार्पण गर्दै गर्दा हामीले हाम्रा ग्राहकका साथ कार मात्र नभई एक दशक सम्मको एस्योरेन्सर र केयर समेतको उत्सव मनाउन चाहन्छौ । ०–५–१० अभियान एउटा अफर मात्र होइन, यो सफा, दिगो इलेक्ट्रिक मोबिलिटीतर्फ नेपालको संक्रमणका लागि हाम्रो दीर्घकालीन प्रतिबद्धताको प्रतिविम्ब पनि हो । हामीप्रति ग्राहकले गर्नुभएको लगातारको विश्वासका लागि हामी उहाँहरुलाई धन्यवाद दिन चाहन्छौ र हरित भविष्यका लागि साथै अगाडि बढ्ने आशा गर्दछौ ।’
यो आकर्षक अफरको वारेमा जानकारी लिनका लागि ग्राहकले कुनै पनि आधिकारिक बीवाईडी शोरुम वा नेपालभर चलिरहेका डिस्प्ले इभेन्टको भ्रमण गर्न सक्ने कम्पनीको भनाइ छ ।













