Thursday, July 9, 2026
spot_img

उखुको समर्थन मूल्य तोक्न र मलको कोटा बढाउन सांसद विनोद चौधरीको माग

spot_img

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले उखुको समर्थन मूल्य तत्काल तोक्न र भाउ मूल्य बढाउन सरकारसँग माग गरेका छन् । सरकारले समयमै उखुको समर्थन मूल्य नतोक्दा किसान निराश बनेको भन्दै समर्थन मूल्य तोक्न र अघिल्लो वर्षभन्दा मूल्य बढाउन माग गरेका हुन् ।

सांसद चौधरीले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र कृषिमन्त्री रामनाथ अधिकारीलाई भेटेर गत वर्ष सरकारले तोकेको अनुदानबापतको रकम उखु किसानले अहिलेसम्म पनि नपाएको र केही चिनी मिलले पनि किसानलाई अझै भुक्तानी नदिएको बताएका छन् ।

उखुको न्यूनतम मूल्य प्रतिक्विन्टल ७३५ रुपैयाँ र ढुवानी बापतको नेपाल सरकारले प्रदान गर्ने अनुदान रकम प्रतिक्विन्टल १०० रुपैयाँ गरी ८३५ रुपैयाँ कायम गर्न प्रस्ताव गरेका छन् ।

साथै सांसद चौधरीले नवलपरासी जिल्ला केरा तथा उखुको पकेट एरिया भएको हुँदा अन्य बाली भन्दा केरा तथा उखुलाई बढी मलको आवश्यकता पर्ने र हाल प्राप्त मलको कोटाले नपुग्ने भन्दै सो क्षेत्रका लागि मलको कोटा बढाउन पनि अनुरोध गरेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

साउनदेखि UDIN नम्बर अडिटरको मोबाइलमा मात्र आउने, इमेल सेवा बन्द

आगामी साउनदेखि अडिटरहरुले लिनु पर्ने Unique Document Identification Number...

आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सर्टलिस्ट

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ६...

खोटाङदेखि भारतीय शेयरबजारसम्मको यात्रा, दीप जङ्ग थापाको कम्पनी BSE मा सूचीकृत

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई)...

सिबिफिनले भन्यो, ‘मौद्रिक नीति सन्तुलित, केही महत्वपूर्ण सुझाव भने समेटिएनन्’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र...

नाइमा मोबिलिटी एक्स्पोः यी हुन् ५१ स्टलमा रहने ब्राण्ड, कति छन् नयाँ लन्च ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना...

सेबोनले भन्यो ‘अर्को सातासम्म पुँजीबजार विकास मार्गचित्र आउँछ, सुझबुझपूर्वक लगानी गर्नु’

नेपाल धितोपत्र बोर्डले आगामी साता सम्ममा पुँजी बजार विकास...
spot_img