spot_img

कृषिमा आवद्ध उद्यमीको अवस्थाबारे प्रदेशस्तरीय गोष्ठी सम्पन्न

spot_img

नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्र र नेपाल वीउ तथा मल परियोजनाको संयुक्त आयोजनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेश स्तरीय गोष्ठी सम्पन्न भएको छ । साउन २३ गते धनगढीमा “कृषि व्यवसायमा आवद्ध लघु तथा मझौला उद्यमीहरुको अवस्था अवसर एंव चुनौती” विषयक प्रदेशस्तरीय गोष्ठी सम्पन्न भएको हो ।

गोष्ठीमा सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले स्थानीय स्तरमा उत्पादित कृषि उत्पादनहरूको प्रवद्र्धन गर्न र उत्पादक कृषकका साथै लघु, साना तथा मझौला उद्यमीहरूलाई सहयोग गरी कृषि क्षेत्रको रूपान्तरण गर्न सरकार तयार रहेको बताएका छन् ।

महासंघको कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेतले कृषिमा आवद्ध व्यवसायीहरूको हक अधिकार सुनिश्चित गर्न र नेपाल भरि कृषिको व्यवसायीकरण र यसको प्रवर्दन गर्ने कार्यमा कृषि उद्यम केन्द्र निरन्तर रुपमा लागि रहेको बताएका छन् । स्थानीय उत्पादक र व्यवसायीहरूलाई बजारको अवस्था अनुकूल नभएसम्म आफ्नो सामान भण्डारण गर्न सातै प्रदेशमा उत्पादित वस्तु राख्न ठूला गोदामहरूको आवश्यकता रहेको सभापति बस्नेतको भनाइ छ ।

गोदाम निर्माण र सञ्चालनमा प्रदेश सरकारको ध्यान जानुपर्ने र व्यवसायीहरु मिलेर स्थापना गरिने कम्पनीमार्फत कृषिको व्यवसायीकरणको नमुना कार्य गर्न नेपाल उद्योग वाणिज्य महासंघलाई कम्तिमा ५० हेक्टर जमीन एकै ठाउँमा उपलब्ध गराइ दिन समेत सभापति बस्नेतले प्रदेश सरकारलाई अनुरोध गरे ।

कृषिमा आवद्ध उत्पादक, गल्ला व्यवसायी, मिल सञ्चालक, पशु फार्म सञ्चालक, दाना मिल जस्ता निजी व्यवसायीहरु तथा प्रदेश र स्थानीय स्तरका सरकारी एवं सामुदायिक सेवाप्रदायकहरु गरी ६५ जनाको सहभागिता रहेको गोष्ठीमा प्रदेश नीति तथा योजना आयोगका सदस्य प्राध्यापक डा. जगतबहादुर सिंह रावल, प्रदेश कृषि निर्देशनालयका निर्देशक खगेन्द्र शर्मा; उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशका उपाध्यक्ष अनिल कुमार, प्रदेश सहकारी संघका माधव शर्मा र असल सिर्जना कृषि सहकारी लम्कीका कृष्णा घर्ती प्यानालिष्टको रूपमा सहभागी भई उद्यमीहरुको अवस्था, सम्भावना एवं चुनौतीका बारेमा धारणा राखेका थिए ।

कृषि व्यवसायमा आवद्ध उद्यमीलाई बढावा दिने, कृषि विकासलाई प्रोत्साहन गर्ने र स्थानीय उद्यमीहरूलाई व्यवसाय प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले सञ्चालित कार्यक्रम सिम्याट परियोजनाको आर्थिक सहयोगमा सेप्टेम्बर २०२३ देखि नोभेम्बर २०२४ सम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ६ वटा तराई जिल्लामा हाल सञ्चालनमा रहेको छ ।

श्रावण २१ र २३ गते नेपालगञ्ज तथा धनगढीमा सम्पन्न प्रदेशस्तरीय गोष्ठीमा कृषि उद्यम केन्द्रका वोर्ड सदस्यहरु सुनिता न्हेमाफुकी, खोजराज कटुवाल, सिम्याट परियोजनाका डा. नारायण खनाल र सिचन श्रेष्ठ, सफल पार्टनर्सका आशुतोष तिवारी लगायतको सहभागिता थियो ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नगद छुट र स्क्र्याच कार्डमार्फत पुरस्कारसहित “Hyundai Festive Drive २०८३’ घोषणा

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि....

तीजको दिन कति छ सुनचाँदीको भाउ ?

आज सोमबार, हरितालिका तीजको दिन सुनचाँदीको भाउ घटेको छ...

आज ४ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

आज भदौ २९ गते सोमबार ४ वटा सूचीकृत कम्पनीले...

ओम्स नेपाल बागमती प्रदेशको अध्यक्षमा एल.बी. मोक्तान

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल बागमती...

बाढी प्रभावित परिवारले मासिक १५ हजार पाउने

सरकारले भोटेकोशी बाढी प्रभावितको लागि मासिक नगद रकम उपलब्ध...