Wednesday, August 26, 2026
spot_img
spot_img

राष्ट्रिय कोदो दिवसले नेपालमा कोदोको व्यवसायिक उत्पादनमा सहयोग पुग्ने विश्वास

spot_img

नेपालमा कोदो खेतीलाई व्यवसायिकरण गर्ने सोचका साथ नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रले राष्ट्रिय कोदो दिवस तयारी लगायतका विषयमा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ । केन्द्रले नेपाल कोदो तथा फापर संघ र R&D Innovative Solution Pvt Ltd सँगको सहकार्यमा हरेक बर्ष मनाउन गइरहेको राष्ट्रिय कोदो दिवस तयारी र कोदो बालीको मुल्य श्रृंखला बारेमा सरोकारवालाहरुबीच अन्तरक्रियात्मक छलफल कार्यक्रमको आयोजना गरेको हो ।

साउन ५ गते आयोजित छलफलमा कृषि उद्यम केन्द्रका सभापति तथा नेपाल कोदो तथा फापर संघका अध्यक्ष डिबी बस्नेतले कोदोको बढ्दो आयात र यसको व्यवसायिकरण गर्दै स्वदेशमा नै उत्पादन बढाई आयातलाई प्रतिस्थापन गर्न सकिने बताए । उनले स्वदेशी किसानले उत्पादन गरेका कोदोले उचित मुल्य पाउन सक्नुपर्छ हेतुले संघको दर्ता गरिएको र यसको लागि आवश्यक उत्पादन सम्भावना, वस्तु विविधकरण, बजार, बजारीकरण, आयात, निर्यातका साथै विद्यमान नीति सम्बन्धमा आवश्यक छलफल गर्ने र आगामी दिनमा थप नीतिगत सुधारका लागि संघ केन्द्रित हुने बताएका छन् ।

उनले कृषक, उद्यमी र व्यवसायीहरुलाई एकै छातामा ल्याई संगठित रुपमा यसको किसानको हक हितमा लाग्ने प्रतिवद्धता जनाउँदै सरोकारवालाहरुलाई संघको सदस्यता लिन अनुरोध पनि गरे ।

‘विगतमा गरिबको खानाको रुपमा नाम कमाएको कोदो आज प्रत्येक व्यक्तिको खोजीको खाना भएको छ । पौष्टिकता र स्वादिलो गुणका कारण मानिस यस प्रति आर्कर्षित हुन थालेका छन्’ सभापति बस्नेतले भने, ‘मानिसहरु स्वास्थ्य प्रति सजग र सचेत रहेको कारण यसको उपभोगबाट स्वास्थयलाई फाइदा पुग्ने विश्वासका साथ यसको खोजी गर्नका कारण कोदो जन्य परिकारको माग बढे पनि उत्पादन बढ्न सकेको देखिदैँन ।’

उनले बहुगुणी अन्नका रुपमा रहेको कोदो नेपालमा कम खेती भएको अवस्थालाई ध्यान दिई यसको उत्पादन र उत्पादकत्व बढाउने सोचका साथ असार २३ गतेको मन्त्रिपरिषद बैठकले १६ साउन, २०८२ लाई राष्ट्रिय कोदो दिवसको रुपमा मनाउने निर्णय गरि सकेको छ ।

७७ जिल्लाहरुमा यसको उत्पादनको सम्भावना रहेता पनि उत्पादनको हिसाबले कर्णाली प्रदेश राम्रो रहेको जिन बंैकले बताएको छ । विगतको तथ्यांक हेर्दा नेपालमा यसको उत्पादन आ.व. २०७८/७९ मा २ लाख ६७ हजार ७१ हेक्टरमा खेती गरिएकोमा ३ लाख ३९ हजार ४ सय ६२ टन उत्पादन भएको देखिन्छ ।

आ.व. २०७९/८० मा क्षेत्रफल घटेर २ लाख २७ हजार ९ सय ३४ हेक्टर र उत्पादन पनि घटेर ३ लाख १० हजार ८ सय ४७ टनमा सिमित रहेको देखिन्छ । मुलुकमा माग बढ्दो र उत्पादन घटदो क्रममा रहेको कारण वार्षिक करोडौ रकमको कोदो नेपालमा आयात भइरहेको देखिएको छ ।

छलफल कार्यक्रममा कोदो नेपालमा उत्पादन गर्न सकिने, सरकारले अनुदान, बजार, प्रविधि, अध्ययन अनुसन्धान, भण्डारको उचित व्यवस्थापन, स्थानीय निकाय मार्फत उत्पादन प्रवद्र्धनमा जोड दिनु पर्ने, कन्ट्रयाक्ट फार्मिङ, सप्लाइ चेनको विकास गर्नुपर्ने लगायतका कुरा उठेका छन् ।

यस्तै, स्थान अनुसारको कोदोलाई ब्रान्डिङ गर्नु पर्ने, सरकारबाट खेती गर्न चाहाने कृषकलाई आर्कर्षित गर्ने प्याकेजको घोषणा गरिनु पर्ने आदिका बारेमा सरोकारवालाहरुले धारणा राखेका छन् ।

नेपाल कोदो तथा फापर संघले १६ श्रावणमा प्रथम राष्ट्रिय कोदो दिवस २०८२ भव्य रुपमा मनाउन कार्यक्रम तयारी गरेको र यसबाट कोदोको बारेमा प्रचार प्रसार भई लोप उन्मुख बालीको संरक्षण गर्न सहयोग पुग्ने कृषि उद्यम केन्द्रका सहसभापति राजकुमार कार्कीले विश्वास व्यक्त गरेका छन् ।

छलफलमा कृषि उद्यम केन्द्रका बोर्ड सदस्यहरु सहभागी थिए भने केन्द्रका का.मु. प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र कुमार जोशीले प्रस्तुतिकरण गरेका थिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

त्रिशूली नदीमा रहेका १९ वटा पुलमा क्षति

भोटेकोशी–त्रिशूलीमा आएको बाढीका कारण त्रिशूली नदीमा रहेका कम्तीमा १९...

भोटेकोशी बाढी: यस्ता छन् आकष्मिक मन्त्रिपरिषद बैठकका १० निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को आपतकालीन बैठक सम्पन्न भएको...

भोटेकोशी बाढी: ५ जिल्लाका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल

प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण...

बाढी प्रभावित क्षेत्रका बासिन्दालाई दुई दिनको लागि फोन र डाटा निशुल्क

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले भोटेकोशीमा आएको...

यी हुन् बाढीले क्षति पुर्याएका ११ हाइड्रो, ४३० मेगावाट बिजुली प्रणाली बाहिर

भोटेकोशीमा आएको बाढीका कारण ११ वटा हाइड्रो पावरमा क्षति...

नाडामा सिएरा ईभी सार्वजनिक

नेपाली बजारमा टाटाको नयाँ इलेक्ट्रीक एसयूभी सिएरा ईभी सार्वजनिक...