Tuesday, July 15, 2025

धान उत्पादन बढ्ने विश्वास

spot_img
spot_img

आज असार १५, दही चिउरा खाने दिन अर्थात् धान दिवस । आज देशभर रोपाई मेला तथा जात्रासहित उत्सवका रूपमा धान रोपाइँ हुँदै छ ।

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । कृषि विभागका महानिर्देशक तथा धान दिवस मूल समारोह समितिका अध्यक्ष प्रकाशकुमार सञ्जेलका अनुसार २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ को नारा ‘धान बालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता’ तय भएको छ ।

यो वर्ष प्रिमनसुनदेखि नै वर्षा राम्रो भएकाले धान उत्पादन बढ्ने विश्वास पनि लिइएको छ । अहिले पूर्वी नेपालमा धमाधम धान रोपाई भइरहेको पश्चिम नेपाल र तराईका अधिकांश भूभागमा पनि यस वर्ष चाँडै रोपाइँ हुने अनुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले पनि असार १५ देखि कर्णाली, सुदूरपश्चिम, लुम्बिनीसहित तराई क्षेत्रमा वर्षा हुने जनाएको छ । जसका कारण उत्पादन राम्रो हुने पूर्वानुमान गरिएको छ ।

चालु आर्थिक वर्षमा कुल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान खेती हुँदा कुल ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो । अघिल्लो वर्षको तुलनामा १.२८ प्रतिशत कम क्षेत्रफलमा धान रोपाइँ भए पनि हालसम्मको उच्चतम औसत उत्पादकत्वसँगै अघिल्लो वर्षभन्दा ४.०४ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको कषि मन्त्रालयको तथ्यांक छ ।

नेपाललाई आवश्यक पर्ने करिब ७० लाख मेट्रिक टन धानमध्ये करिब १० लाख मेट्रिक टन धान अझै अपुग छ ।

आगामी आर्थिक वर्षको बजेटले आउँदो दुई वर्षमा धानमा मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

आईपीओको तयारीमा रहेको महानगर यातायातले १२ वटा विद्युतीय बस सञ्चालनमा ल्याउँदै

काठमाडौँको ‘रिङ– रोड’मा सार्वजनिक यातायात सेवा दिँदै आएको महानगर...

ओझा निलम्बनमा परेपछि बीमा प्राधिकरण अध्यक्षमा पोखरेल, लिए सपथ

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको...

 माछापुच्छ्रे क्यापिटलद्वारा श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग

माछापुच्छ्रे क्यापिटल लिमिटेडले श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग...

ईभीको बढ्दो दुर्घटनाः प्रविधि असुरक्षित होइन, दोष कसको ?

अहिले सामाजिक सञ्जालमा विद्युतीय सवारी साधनको दुर्घटनालाई अस्वभाविक रुपमा...

एनआरएनए जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी...

मंगलम इन्डष्ट्रिज लिमिटेडलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको ३८ करोड लगानी

मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल)ले निजी इक्विटी फण्ड अवसर इक्वीटी...
spot_img