Wednesday, August 26, 2026
spot_img
spot_img

धान उत्पादन बढ्ने विश्वास

spot_img

आज असार १५, दही चिउरा खाने दिन अर्थात् धान दिवस । आज देशभर रोपाई मेला तथा जात्रासहित उत्सवका रूपमा धान रोपाइँ हुँदै छ ।

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । कृषि विभागका महानिर्देशक तथा धान दिवस मूल समारोह समितिका अध्यक्ष प्रकाशकुमार सञ्जेलका अनुसार २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ को नारा ‘धान बालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता’ तय भएको छ ।

यो वर्ष प्रिमनसुनदेखि नै वर्षा राम्रो भएकाले धान उत्पादन बढ्ने विश्वास पनि लिइएको छ । अहिले पूर्वी नेपालमा धमाधम धान रोपाई भइरहेको पश्चिम नेपाल र तराईका अधिकांश भूभागमा पनि यस वर्ष चाँडै रोपाइँ हुने अनुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले पनि असार १५ देखि कर्णाली, सुदूरपश्चिम, लुम्बिनीसहित तराई क्षेत्रमा वर्षा हुने जनाएको छ । जसका कारण उत्पादन राम्रो हुने पूर्वानुमान गरिएको छ ।

चालु आर्थिक वर्षमा कुल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान खेती हुँदा कुल ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो । अघिल्लो वर्षको तुलनामा १.२८ प्रतिशत कम क्षेत्रफलमा धान रोपाइँ भए पनि हालसम्मको उच्चतम औसत उत्पादकत्वसँगै अघिल्लो वर्षभन्दा ४.०४ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको कषि मन्त्रालयको तथ्यांक छ ।

नेपाललाई आवश्यक पर्ने करिब ७० लाख मेट्रिक टन धानमध्ये करिब १० लाख मेट्रिक टन धान अझै अपुग छ ।

आगामी आर्थिक वर्षको बजेटले आउँदो दुई वर्षमा धानमा मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

त्रिशूली नदीमा रहेका १९ वटा पुलमा क्षति

भोटेकोशी–त्रिशूलीमा आएको बाढीका कारण त्रिशूली नदीमा रहेका कम्तीमा १९...

भोटेकोशी बाढी: यस्ता छन् आकष्मिक मन्त्रिपरिषद बैठकका १० निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को आपतकालीन बैठक सम्पन्न भएको...

भोटेकोशी बाढी: ५ जिल्लाका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल

प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण...

बाढी प्रभावित क्षेत्रका बासिन्दालाई दुई दिनको लागि फोन र डाटा निशुल्क

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले भोटेकोशीमा आएको...

यी हुन् बाढीले क्षति पुर्याएका ११ हाइड्रो, ४३० मेगावाट बिजुली प्रणाली बाहिर

भोटेकोशीमा आएको बाढीका कारण ११ वटा हाइड्रो पावरमा क्षति...

नाडामा सिएरा ईभी सार्वजनिक

नेपाली बजारमा टाटाको नयाँ इलेक्ट्रीक एसयूभी सिएरा ईभी सार्वजनिक...