नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रको आयोजनामा प्रस्तावित कृषि विद्येयक र राष्ट्रिय कृषि नीति बारेमा सरोकारवालाबीच छलफल भएको छ ।
छलफल कार्यक्रममा प्रमुख अतिथि रहेका महासंघका उपाध्यक्ष हेमराज ढकालले बजेटमा कृषिको विषय अझै सम्बोधन हुन नसकेकोले नेपालको कृषि विकास गर्ने हो भने अब जारी हुने कृषि विद्येयकमा कृषक मैत्री नीति आउनुपर्ने बताए । उनले विगतमा महासंघले कृषि विद्येयकको आवश्यकतालाई महसुुश गरि बहस पैरेवी गरेको कारण कृषि विद्येयक ल्याउन सरकार लागेको भन्दै उनले विद्येयकमा समावेश गर्ने राय, सुझाव संकलन गर्ने कार्यमा कृषि उद्यम केन्द्रले काम गरिरहेको बताए ।
उनले विद्येयक र नीतिमा अझै समावेश गर्न छुटेको बुँदाहरु उपलब्ध गराउन केन्द्रलाई आग्रह गर्दै महासंघमार्फत उपलब्ध हुने सुझाव विधेयकमा समावेश गर्न सरकारलाई आग्रह पनि गरेका छन् ।
कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेतले विगतमा मन्त्रालयलाई उपलब्ध गरार्ईएको सुझाव केहि हदसम्म सम्बोधन भएको र अझै माग भई आएकोले प्राप्त सुझावहरुलाई एकिकृत गरि मन्त्रालयमा पठाइने जानकारी गराए । उनले सरकारलाई दिने सुझावहरु केन्द्रमार्फत गएको खण्डमा कृषि विद्येयकमा समावेश हुन सुरु भइसकेकाले अब वस्तुगत संघहरुले पठाउने सुझावहरु पनि केन्द्र मार्फत नै पठाउन अनुरोध गरे ।
छलफल कार्यक्रममा नेपाल डेरी एशोसिएसन, रुद्राक्ष व्यवसायी संघ, नेपाल व्यवसायी संघ, नेपाल चामल, दाल उत्पादक संघ, नेपाल कफी व्यवसायी महासंघ, फ्लोरिकल्चर एशोसिएसन नेपाल, नेपाल कोदो तथा फापर संघ, नेपाल सुन्तला तथा कागती संघ, नेपाल कृषि मेशिनरी व्यवसायी संघ, नेपाल हव्स तथा हर्वल उत्पादक संघ, नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघ, नेपाल कुचो संघ, भक्तपुर उद्योग वाणिज्य संघ, नेपाल अलैची व्यवसायी महासंघ, निर्यात व्यवसायी महासंघ नेपाल, AATI NEPAL, मुना कृषि, इन्देणी मसरुम फार्म बलम्बुले प्रस्तावित कृषि विद्येयक र राष्ट्रिय कृषि नीतिमा अझै संशोधनको आवश्यक रहेकाले धारणा राख्दै कृषि उद्यम केन्द्र, नेउवामहासंघबाट यसलाई अध्ययन गरि प्राप्त सुझावलाई एकिकृत गरि मन्त्रालयमा पुनः पेश गर्न अनुरोध गरेका छन् ।
कृषि उद्यम केन्द्रले विगतमा प्राप्त सुझावलाई एकिकृत गरि मन्त्रालयमा उपलव्ध गराइएकोमा यस लाई अध्ययन गरि पठाइने बताएको छ ।









