Thursday, November 13, 2025
spot_img

कृषि उद्यमीहरुको सीप विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

spot_img

कृषि उद्यमीहरुको सीप विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रले संयोजन गरेको तालिम बैैशाख २४ गतेदेखि ३ दिनसम्म चलेको थियो ।

तालिम कार्यक्रमको उद्घाटन गर्दै महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले कृषिको व्यवसायिकरण, आधुनिकीकरणमा जोड दिई स्थानीय स्तरमा रोजगारी सिर्जनालाई निरन्तरता दिन सकेको खण्डमा बढ्दो युवा पलायनलाई रोक्न सकिने बताए । उनले नेपालको कृषि क्षेत्रको विकासमा निजी क्षेत्र हातेमालो गर्न तयार रहेको समेत बताउँदौ बाँझो जग्गा सहज रुपमा उपयोग गर्न सक्ने खालको नीतिगत सहजता आवश्यक रहेको पनि बताए । उपाध्यक्ष वैद्यले ऋण उपलब्धता र बिमालाई सरलिकरण गर्न सकिएमा केषि पेशनतर्फ आकर्षण बढ्ने विश्वास व्यक्त पनि गरेका छन् ।

तालिम समापन कार्यक्रममा कृषि उद्यम केन्द्रका सभापति डि.बी. बस्नेतले कृषि उद्यमीहरुको हकहित संसदमा रहेको कृषि विधेयक, कृषि क्षेत्रको सम्भावना र अवसरको बारे कृषि उद्यम केन्द्रले विभिन्न मञ्चहरुमा आवाज उठाउँदै आएको र आयातलाई प्रतिष्थापन र निर्यात बढाउन वस्तु बजारिकरण र प्रवद्र्धन गर्ने कार्य भईरहेको बताए ।

कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका पशु अधिकृत सुस्मीता बिसंखेले परियोजनाले कृषि क्षेत्रमा प्रभावकारी र परिणाममूखि कार्य गरिरहेकोले तालिमले कृषि उद्यमीहरुको क्षमता विकास भई अझ कार्य गर्न अभिप्रेरित हुने विश्वासका साथै सहभागीहरुबाट प्राप्त सुझावहरु संम्बन्धित निकायमा कार्यन्वयनको लागि उपलब्ध गराउने बताइन् ।

कार्यक्रममा नेपाल कृषि क्षेत्रको विकास लगायत अन्य कार्यमा सुधारको लागि प्रशिक्षर्थीहरुको तर्फबाट प्रदिप पाण्डेले सुझाव पत्र हस्तान्तरण गर्दै बढ्दो आयात, बढ्दो युवा पलायन र सरल नीति नियमको अभावका कारण कृषि क्षेत्रको भविष्य संकटमा रहेकोले सुधारको लागि सुझाव पत्र हस्तान्तरण गरिएको बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका उदयपुर, स्याङ्जा, दैलेख, रोल्पा, पर्वत, भक्तपुर, म्याग्दी, कास्की, गुल्मी, संखुवासभा, भोजपुर, डडेल्धुरा, जुम्ला, बारा, पर्सा, बैतडी, जाजरकोट, रुकुम, काभ्रे, नवलपरासी र रौतहटका गरी २१ जना अगुवा कृषि उद्यमीहरुको सहभागिता रहेको तालिममा दिपेन्द्र कुमार जोशी, डा.इ. जीत बहादुर चन्द, अरुण श्रेष्ठ, रमेश ढकाल, कुबेर निरौला, विनोद रिजाल, निरोज प्र. नेपाल, डा. आलोक श्रेष्ठ, राजन दाहाल र प्रलाद दाहाल श्रोत व्यक्तिहरु रहेका थिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

फेरि उद्योगी तर्साउँदै कुलमान: ‘उद्योग होइनौ’ भन्दै एसेम्बल कम्पनीसँग मागे ‘ब्याक डेट’को पैसा

कार्तिक १८ गते एउटा ठूलो एसेम्बल प्लान्ट (एसेम्बल कम्पनी/उद्योग)मा...

आईपीओ निष्काशनको अनुमति माग गर्दै जस्मिन पेन्ट्सले धितोपत्र बोर्डमा दियो आवेदन

जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

फेदीखोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत...

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन...

४१ प्रतिशतले बढ्यो सारथी केबल इन्डष्ट्रिजको ब्यापार, इबिटा मार्जिन ५ वर्ष कै उच्च

सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड...

अमेरिकी सरकारको इतिहास कै लामो शटडाउन अन्त्य

अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्द (शटडाउन) आज...
spot_img
spot_img
spot_img