Friday, July 10, 2026
spot_img

कृषि उद्यमीहरुको सीप विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

spot_img

कृषि उद्यमीहरुको सीप विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रले संयोजन गरेको तालिम बैैशाख २४ गतेदेखि ३ दिनसम्म चलेको थियो ।

तालिम कार्यक्रमको उद्घाटन गर्दै महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले कृषिको व्यवसायिकरण, आधुनिकीकरणमा जोड दिई स्थानीय स्तरमा रोजगारी सिर्जनालाई निरन्तरता दिन सकेको खण्डमा बढ्दो युवा पलायनलाई रोक्न सकिने बताए । उनले नेपालको कृषि क्षेत्रको विकासमा निजी क्षेत्र हातेमालो गर्न तयार रहेको समेत बताउँदौ बाँझो जग्गा सहज रुपमा उपयोग गर्न सक्ने खालको नीतिगत सहजता आवश्यक रहेको पनि बताए । उपाध्यक्ष वैद्यले ऋण उपलब्धता र बिमालाई सरलिकरण गर्न सकिएमा केषि पेशनतर्फ आकर्षण बढ्ने विश्वास व्यक्त पनि गरेका छन् ।

तालिम समापन कार्यक्रममा कृषि उद्यम केन्द्रका सभापति डि.बी. बस्नेतले कृषि उद्यमीहरुको हकहित संसदमा रहेको कृषि विधेयक, कृषि क्षेत्रको सम्भावना र अवसरको बारे कृषि उद्यम केन्द्रले विभिन्न मञ्चहरुमा आवाज उठाउँदै आएको र आयातलाई प्रतिष्थापन र निर्यात बढाउन वस्तु बजारिकरण र प्रवद्र्धन गर्ने कार्य भईरहेको बताए ।

कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका पशु अधिकृत सुस्मीता बिसंखेले परियोजनाले कृषि क्षेत्रमा प्रभावकारी र परिणाममूखि कार्य गरिरहेकोले तालिमले कृषि उद्यमीहरुको क्षमता विकास भई अझ कार्य गर्न अभिप्रेरित हुने विश्वासका साथै सहभागीहरुबाट प्राप्त सुझावहरु संम्बन्धित निकायमा कार्यन्वयनको लागि उपलब्ध गराउने बताइन् ।

कार्यक्रममा नेपाल कृषि क्षेत्रको विकास लगायत अन्य कार्यमा सुधारको लागि प्रशिक्षर्थीहरुको तर्फबाट प्रदिप पाण्डेले सुझाव पत्र हस्तान्तरण गर्दै बढ्दो आयात, बढ्दो युवा पलायन र सरल नीति नियमको अभावका कारण कृषि क्षेत्रको भविष्य संकटमा रहेकोले सुधारको लागि सुझाव पत्र हस्तान्तरण गरिएको बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका उदयपुर, स्याङ्जा, दैलेख, रोल्पा, पर्वत, भक्तपुर, म्याग्दी, कास्की, गुल्मी, संखुवासभा, भोजपुर, डडेल्धुरा, जुम्ला, बारा, पर्सा, बैतडी, जाजरकोट, रुकुम, काभ्रे, नवलपरासी र रौतहटका गरी २१ जना अगुवा कृषि उद्यमीहरुको सहभागिता रहेको तालिममा दिपेन्द्र कुमार जोशी, डा.इ. जीत बहादुर चन्द, अरुण श्रेष्ठ, रमेश ढकाल, कुबेर निरौला, विनोद रिजाल, निरोज प्र. नेपाल, डा. आलोक श्रेष्ठ, राजन दाहाल र प्रलाद दाहाल श्रोत व्यक्तिहरु रहेका थिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...

कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका छ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकले शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले बाजुरा जिल्लाको...

कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई सहयोग

कामना सेवा विकास बैंकले वीरेन्द्रनगर नगरपालिका वडा नं १,...

जुनसुकै शाखाबाट पनि निष्क्रिय खातालाई सक्रिय बनाउने वा बन्द गर्ने व्यवस्था मिलाउन निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लागि निष्क्रिय...

नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...
spot_img