नेपाल मैदा उद्योग संघ र भारतको एग्रीवाच कम्पनीबीच कषि क्षेत्रमा सुचना प्रवाह, विश्लेषण र परामर्श सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ । नेपाल मैदा उद्योग संघको २४औं वार्षिक साधारणसभाका अवसरमा भू–उपग्रह माध्यम प्रयोग गरी नेपालको कृषी क्षेत्रको पहिचान गर्न निजी क्षेत्रको प्रयासमा पहिलो पटक यो सम्झौता भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भन्डारीको प्रमुख आतिथ्य र नेपाल मैदा उद्योग संघका अध्यक्ष कुमुद दुगडको सभापतित्वमा आयोजित कार्यक्रममा सम्झौता भएको हो ।
यस सम्झोैताबाट नेपालले लिन सक्ने फाईदाहरु:
क) कृषि बजार सूचना र विश्लेषणः नेपालको कृषि वस्तुहरूको मुल्य संकलन गर्छ । यसले दैनिक, साप्ताहिक, र मासिक रिपोर्टहरू मार्फत बजार विश्लेषण प्रदान जसले कृषक र व्यापारीलाई निर्णय लिन सहयोग र्पुयाउँछ।
ख) कृषि वस्तु अनुसन्धान र परामश ः कम्पनीले कृषि वस्तुहरूको अनुसन्धान र परामर्श सेवाहरू प्रदान गर्दछ, जसमा उत्पादन, उपभोग, आयात र निर्यात विश्लेषण, र बजार प्रवृत्तिहरू समावेश छन् ।
ग) कृषि निवेश अध्ययन र सल्लाहः बीउ, मल, र अन्य कृषि निवेशको अध्ययन र सल्लाह प्रदान गर्दछ । कृषकहरूलाई उपयुक्त वालि छनोट गर्न मद्दत गर्दछ ।
घ) डिजिटल कृषि समाधानहरूः डिजिटल कृषि समाधानहरू जस्तै एआइ आधारित बाली विश्लेषण, व्यक्तिगत कृषि परामर्श, र बजार जडान सेवाहरू प्रदान गरी कृषकहरूलाई आधुनिक प्रविधिको उपयोगमा सक्षम बनाउनका साथै देशको यथार्थ कृषि तथ्याङ्क निकाल्छ । जसले गर्दा नेपालमा कृषिको उत्पादन आयात निर्यात र भोलिको दिनमा नेपाल सरकारले अपनाउन पर्ने कृषि रणनीतिको बारेमा सहजीकरण गर्दछ ।
ङ) कृषि समाचार र जानकारी : एग्रीवाचले कृषि सम्बन्धी ताजा समाचार, वस्तु मुल्यहरू, र बजार रिपोर्टहरू प्रकाशित गर्दछ, जसले कृषक र अन्य सरोकारवालाहरूलाई अद्यावधिक जानकारी प्रदान गर्दछ।
कार्यक्रममा भारत सरकारको राष्ट्रिय सहकारी निर्यात लिमिटेडका प्रबन्ध निर्देशक उनुपम कौशिकको उपस्थिति थियो ।
साथै सभामा नेपालकै जेठो मैदा उद्योग खाद्य उद्योग लिमिटेड र संघको संस्थापक अध्यक्ष रविन्द्र बहादुर श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।