स्कुसको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्य सूची अनुसार स्कुसको भाउ बढेको हो ।
समितिका अनुसार आज आइतबार स्कुसको भाउ किलोमै २० रुपैयाँले बढेको छ । शनिबार ३५ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको स्कुस आज बढेर ५५ रुपैयाँ पुगेको छ ।
आज टाटे सिमीको मूल्य पनि बढेको छ । शनिबार किलोको ६५ रुपैयाँ रहेको टाटे सिमीको भाउ आज प्रतिकिलो ८५ रुपैयाँ पुगेको छ ।









