Thursday, July 9, 2026
spot_img

मोही पिउँदै डेरी एसोसिएसन बागमती प्रदेशले मनायो होली पर्व

spot_img

नेपाल डेरी एसोसिएसन बागमती प्रदेशले फागु पूर्णिमा मनाएको छ । एसोसिएसनले होलीको दिन डेरी उद्योगीहरुबीच होली मिलन कार्यक्रम आयोजना गरि शुभकामना आदानप्रदान गरेको हो ।

कार्यक्रममा बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरेले टिका लगाई होलीको बारे बताउँदै शुभकामना दिएका थिए । केन्द्रीय सदस्य रमेश सन्जेलले होली परम्परा, यसको सांस्कृतिक एवं मौलिकता सम्बन्धि जानकारी दिने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको बताउँदै साथीभाईबीच होली मिलन कार्यक्रम मनाउन पाएकोमा खुशी व्यक्त गरे । उनले यस्ता कार्यक्रमहरु नेपाली परम्परा एवं मौलिकता बारे भावी पुस्तालाई पनि सिक्ने अवसर प्रदान हुने बताए ।

बागमती प्रदेशका कोषाध्यक्ष दिपक सन्जेलले हाम्रो एसोसिएसनको प्राथमिकता हाम्रा रितिरिवाज एवं परम्परा बचाउनेमा हुने कुरा बताउँदै आगामी दिनमा पनि यस्ता हरेक चाडवाड मनाउँदै भावी पुस्तालाई पनि जानकारी गराउने कुरा बताए । ललितपुर दुग्ध व्यवसायी संघका कोषाध्यक्ष हुद्दराज तिमल्सिनाले यस्ता कार्यक्रम प्रत्येक वर्ष आयोजना गर्ने बताए।

बागमती प्रदेशले अन्य लागुपदार्थ सेवन गरि अनावश्यक रुपले परम्परा नै विथोल्ने गरि भावी सन्ततिलाई नकारात्मक असर पर्ने गरिभन्दा आफ्नो मौलिक उत्पादन मोही सेवन गरि होली मनाएको हो ।

आजभोलि स्कुल, कलेज, कार्यालय एवं विभिन्न स्थानमा विभिन्न रङ खेल्दै होली पर्व प्राथमिकताका साथ मनाइने गरिएको एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले बताए ।

कार्यक्रममा श्री नवप्रभात डेरी उद्योगका प्रबन्धक निर्देशक सुरेश तिमल्सिनाले यसरी साथीभाईहरू मिलेर होली खेल्दा आत्मीयता बढ्नुको साथै एक आपसमा प्रगाढ सम्बन्धको विकास हुने कुरा बताए । कार्यक्रममा डेरी व्यवसायीहरू याङक प्रसाद घिमिरे, सन्दिप घिमिरे, दिपक तिमल्सिना, मानबहादुर थापा मगर, उद्धव प्रसाद बजगाईं लगायत थुप्रै डेरी उद्योमीहरुको उपस्थिति रहेको कुरा बागमती प्रदेशका सह–सचिव टंक तिमल्सिनाले जानकारी गराए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

साउनदेखि UDIN नम्बर अडिटरको मोबाइलमा मात्र आउने, इमेल सेवा बन्द

आगामी साउनदेखि अडिटरहरुले लिनु पर्ने Unique Document Identification Number...

आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सर्टलिस्ट

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ६...

खोटाङदेखि भारतीय शेयरबजारसम्मको यात्रा, दीप जङ्ग थापाको कम्पनी BSE मा सूचीकृत

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई)...

सिबिफिनले भन्यो, ‘मौद्रिक नीति सन्तुलित, केही महत्वपूर्ण सुझाव भने समेटिएनन्’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र...

नाइमा मोबिलिटी एक्स्पोः यी हुन् ५१ स्टलमा रहने ब्राण्ड, कति छन् नयाँ लन्च ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना...

सेबोनले भन्यो ‘अर्को सातासम्म पुँजीबजार विकास मार्गचित्र आउँछ, सुझबुझपूर्वक लगानी गर्नु’

नेपाल धितोपत्र बोर्डले आगामी साता सम्ममा पुँजी बजार विकास...
spot_img