Thursday, July 9, 2026
spot_img

डेरी एसोसिएसनमा उर्जा दक्षता कार्यक्रम सम्पन्न

spot_img

नेपाल डेरी एसोसिएसनले जि.आई.जेट. र राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा उपत्यकामा रहेका डेरी उद्योगीहरुको भेला गरि उर्जा दक्षता कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले उपस्थित सबैलाई स्वागत गर्दै उर्जा दक्षता कार्यक्रमले डेरी उद्योगीहरुलाई उत्पादन लागत घटाउन ठूलो सहयोग पुग्ने र त्यसबाट फाइदा लिन सक्नु पर्ने र यसलाई राम्रोसँग बुझेर कार्यान्वयन गर्न सकेमा डेरी उद्योगी मुनाफामा जाने कुरा बताएका छन् ।

जि.आई.जेट.का डा. संजय प्रसाद गोर्खालीले उद्योगमा उर्जा नवीकरण गर्दै सदुपयोग गर्न सके उद्योगमा धेरै मुनाफा निकाल्न सकिने बताए । जि.आई.जेट.का ऊर्जा सल्लाहकार सुदन कायस्थले उर्जा दक्षता बारे कार्यपत्र प्रस्तुत गरेका थिए । राष्ट्रिय वाणिज्य बैंकका उर्जा अनुदान कन्सलटेण्ट राजिव जोशीले पनि अनुदान कसरी प्राप्त गर्ने भन्ने कुरा कार्यपत्रमार्फत प्रस्तुत गरेका थिए ।

जि.आई.जेट.का कन्सलटेण्ट सिन्जा उपाध्यायले कार्यपत्र प्रस्तुत गर्दै डेरी उद्योगमा कसरी उmर्जा बचाउन सकिन्छ भन्ने कुरा बताए । कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रीय सदस्य रमेश सञ्जेलले यस्ता कार्यक्रम आयोजना हुँदा हामी उद्योगीहरुलाई हित हुने कुराको जानकारी गराए भने अर्का केन्द्रीय सदस्य नवराज तिमिल्सिनाले कार्यक्रम अत्यन्तै राम्रो भएको तर समय छोटो भएको कुरा बताएबताए ।

कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष दिप प्रसाद धमला, मनोज घिमिरे, संस्थापक सदस्य राजन दाहाल, सह–कोषाध्यक्ष रामभक्त दाहाल, एसोसिएसनको बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरे, काठमाडौँ जिल्लाका अध्यक्ष जयराम घिमिरे, केन्द्रीय दुग्ध सहकारी संघका केन्द्रीय उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा एवम् नेपाल डेरी एसोसिएसनका सदस्यहरुको उपस्थिती रहेको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

साउनदेखि UDIN नम्बर अडिटरको मोबाइलमा मात्र आउने, इमेल सेवा बन्द

आगामी साउनदेखि अडिटरहरुले लिनु पर्ने Unique Document Identification Number...

आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सर्टलिस्ट

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ६...

खोटाङदेखि भारतीय शेयरबजारसम्मको यात्रा, दीप जङ्ग थापाको कम्पनी BSE मा सूचीकृत

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई)...

सिबिफिनले भन्यो, ‘मौद्रिक नीति सन्तुलित, केही महत्वपूर्ण सुझाव भने समेटिएनन्’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र...

नाइमा मोबिलिटी एक्स्पोः यी हुन् ५१ स्टलमा रहने ब्राण्ड, कति छन् नयाँ लन्च ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना...

सेबोनले भन्यो ‘अर्को सातासम्म पुँजीबजार विकास मार्गचित्र आउँछ, सुझबुझपूर्वक लगानी गर्नु’

नेपाल धितोपत्र बोर्डले आगामी साता सम्ममा पुँजी बजार विकास...
spot_img