Thursday, July 9, 2026
spot_img

जंगली जनावरले दुःख दिएको रामेछापका जुनार कृषकको गुनासो

spot_img

रामेछापका जुनार कृषकहरुले जंगली जनावरले दुःख दिएको गुनासो गरेका छन् । पाकेको जुनार बाँदर, मृग लगायतका जंगली जनावरहरुले नष्ट गरिदिएको किसानहरुले गुनासो गरेका हुन् ।

शुक्रबार जुनार जोन संचालन समन्वय समिति रामेछापको वडा नं. ७ सुकाजोरमा जुनार जोन संचालन समन्वय समितिका अध्यक्ष गुन्ज बहादुर कार्कीको अध्यक्षतामा भएको घुम्ती बैठकमा जुनार कृषक राम कुमार कार्कीले बाँदरले अरु बालिनालीसँगै जुनारमा पनि क्षति गर्न थालेको गुनासो गरेका छन् । जुनारको दाना झार्ने, टोक्ने जस्ता क्रियाकलाप गरेर बाँदरले धेरै दुःख दिएको उनको भनाइ छ ।

अर्का जुनार कृषक ज्ञान बहादुर तामाङ्गले पनि हावापानी सुहाउँदो जुनारको विरुवा नहुँदा बिरुवा मर्ने समस्या देखा परेको अरु ठाउँहरुबाट खरिद गरेको बिरुवा हुर्काउनै नसकेको गुनासो पोखे ।

जुनार कृषक इन्द्र तामाङ्गले यस वर्ष किसानले बगैँचामै प्रतिकिलो ५० देखी ७० रुपैयाँसम्म मूल्य पाएको भन्दै खुशी व्यक्त गरेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

साउनदेखि UDIN नम्बर अडिटरको मोबाइलमा मात्र आउने, इमेल सेवा बन्द

आगामी साउनदेखि अडिटरहरुले लिनु पर्ने Unique Document Identification Number...

आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सर्टलिस्ट

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ६...

खोटाङदेखि भारतीय शेयरबजारसम्मको यात्रा, दीप जङ्ग थापाको कम्पनी BSE मा सूचीकृत

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई)...

सिबिफिनले भन्यो, ‘मौद्रिक नीति सन्तुलित, केही महत्वपूर्ण सुझाव भने समेटिएनन्’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र...

नाइमा मोबिलिटी एक्स्पोः यी हुन् ५१ स्टलमा रहने ब्राण्ड, कति छन् नयाँ लन्च ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना...

सेबोनले भन्यो ‘अर्को सातासम्म पुँजीबजार विकास मार्गचित्र आउँछ, सुझबुझपूर्वक लगानी गर्नु’

नेपाल धितोपत्र बोर्डले आगामी साता सम्ममा पुँजी बजार विकास...
spot_img