नाइमाले भन्यो, ‘मौद्रिक नीतिमा हाम्रा सुझाव समेटिएनन्, यो अत्यन्त निराशाजनक विषय हो’

spot_img

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीतिमा असन्तुष्टि जनाएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा प्रतिक्रिया दिँदै नाइमाले आफूहरुले दिएका सुझावहरू मौद्रिक नीतिमा नसमेटिएको भन्दै असन्तुष्टि जनाएको हो । लोन टू भ्यालू रेसियो ८०ः२० बनाउन गरिएको अनुरोध र कर्जाको जोखिम भार १०० प्रतिशतबाट ७५ प्रतिशतमा झार्न दिइएको सुझावमा राष्ट्र बैंकले कुनै सुनवाइ नगरेको नाइमाको भनाइ छ ।

नाइमाले मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रका कुनै पनि विषय समावेश नगरेको भन्दै यो अटोमोबाइल्स उद्योगका लागि अत्यन्त निराशाजनक विषय भएको पनि जनाएको छ । कर्जा लगानी बढाउने उदेश्य राखेर आएको भनिएको मौद्रिक नीतिले अटो कर्जाको पहुँच विस्तारका लागि कुनै स्पष्ट र लक्षित उपाय समावेश नगरेको नाइमाको बझाई छ ।

नाइमाले आफूहरुले दिएका सुझावहरूलाई समेटेर मौद्रिक नीतिमा आवश्यक समायोजन गर्न समेत आग्रह गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशकमा जीवछ मण्डल

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...