अब विदेश जाँदा ३ हजार डलरको सटही सुविधा उपलब्ध हुने भएको छ । राष्ट्र बैंकले विदेश भ्रमणमा जाने नेपाली नागरिकहरूले प्रतिपटक ३ हजार अमेरिकी डलर बराबरको सटही सुविधा पाउने व्यवस्था गरेको हो ।
यसअघि भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई प्रतिपटक अमेरिकी डलर २ हजार ५ सयसम्म सटही सुविधा उपलब्ध हुँदै आएको थियो ।













