Sunday, June 7, 2026
spot_img

हिमालयन लघुवित्तद्वारा व्यवस्थापकीय नेतृत्व विकास तालिम आयोजना

spot_img
spot_img

हिमालयन लघुवित्त वित्तीय संस्थाले व्यवस्थापकहरुको नेतृत्व विकास गर्ने उद्धेष्यले Managerial Leadership Development Training कार्यक्रम आयोजना गरेको छ ।

तीन दिनसम्म आयोजित तालिममा कम्पनीका सम्पूर्ण शाखा प्रमुख, क्लस्टर प्रमुख र केन्द्रीय कार्यालयका कर्मचारीसहित करिब १०० जनाको सहभागिता थियो ।

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले संस्थाले हासिल गरेको प्रगति तथा नतिजा कर्मचारीहरुकै अथक मिहेनत, प्रयास र परिश्रमको फल भएको बताए ।

उनले विविध सूचकाङ्कको आधारमा विगत पाँच वर्षको वृद्धिदर हेर्दा कम्पनीले लघुवित्त बजारमा आफ्नो बलियो उपस्थिति जनाएको र यसको सम्पूर्ण श्रेय संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुमा जाने पनि बताए । साथै उनले आवश्यकताको पहिचान गरी कर्मचारीहरुलाई तालिमहरु प्रदान गर्दै जाने योजना रहेको बताए ।

कार्यक्रममा कम्पनीको सञ्चालक समितिका अध्यक्ष बिजय मान नकर्मी तथा अन्य सञ्चालकहरुले सिकेका सिपलाई व्यवहारमा उतार्न अनुरोध गर्दै सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए ।

कम्पनीले ७५ शाखा कार्यालयमार्फत ७५ हजारभन्दा बढी सदस्यहरुलाई लघुवित्तीय सेवाहरु प्रदान गर्दै करिब ९२ करोड रुपैयाँ बचत संकलन गरी करिब ४ अर्ब रुपैयाँ लगानी गरेको छ ।उक्त कम्पनी हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

युवा पलायन रोक्न एआई र आईटी क्षेत्रमा रोजगारी विस्तार आवश्यकः राजेन्द्र मल्ल

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले कृत्रिम...

नाडाले भन्यो ‘बजेटको कारण गाडीको मूल्य बढ्ने भयो’

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आर्थिक बर्ष...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड मिति तय

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओको प्रि अलोटमेन्ट...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ६ कम्पनीले दिए आवेदन, कुनको कति ?

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ६ वटा कम्पनीले...

’बुद्धभुमि नेपाल हाइड्रो क्रमश नाफामा जाँदै छ, अर्को वर्षबाट लाभांश दिन सक्छौं’

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ २१ देखि हकप्रदमा...

नाडा ग्रीन ड्राइभ र्‍याली सम्पन्न

विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोवाइल्स एशोसिएशन...
spot_img