Sunday, March 23, 2025
spot_img
spot_img

हिमालयन लघुवित्तद्वारा व्यवस्थापकीय नेतृत्व विकास तालिम आयोजना

हिमालयन लघुवित्त वित्तीय संस्थाले व्यवस्थापकहरुको नेतृत्व विकास गर्ने उद्धेष्यले Managerial Leadership Development Training कार्यक्रम आयोजना गरेको छ ।

तीन दिनसम्म आयोजित तालिममा कम्पनीका सम्पूर्ण शाखा प्रमुख, क्लस्टर प्रमुख र केन्द्रीय कार्यालयका कर्मचारीसहित करिब १०० जनाको सहभागिता थियो ।

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले संस्थाले हासिल गरेको प्रगति तथा नतिजा कर्मचारीहरुकै अथक मिहेनत, प्रयास र परिश्रमको फल भएको बताए ।

उनले विविध सूचकाङ्कको आधारमा विगत पाँच वर्षको वृद्धिदर हेर्दा कम्पनीले लघुवित्त बजारमा आफ्नो बलियो उपस्थिति जनाएको र यसको सम्पूर्ण श्रेय संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुमा जाने पनि बताए । साथै उनले आवश्यकताको पहिचान गरी कर्मचारीहरुलाई तालिमहरु प्रदान गर्दै जाने योजना रहेको बताए ।

कार्यक्रममा कम्पनीको सञ्चालक समितिका अध्यक्ष बिजय मान नकर्मी तथा अन्य सञ्चालकहरुले सिकेका सिपलाई व्यवहारमा उतार्न अनुरोध गर्दै सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए ।

कम्पनीले ७५ शाखा कार्यालयमार्फत ७५ हजारभन्दा बढी सदस्यहरुलाई लघुवित्तीय सेवाहरु प्रदान गर्दै करिब ९२ करोड रुपैयाँ बचत संकलन गरी करिब ४ अर्ब रुपैयाँ लगानी गरेको छ ।उक्त कम्पनी हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आईपीएलमा RCB को विजयी सुरुवात, पहिलो खेल मै हार्यो गतवर्षको च्याम्पियन

रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आईपीएल)...

रुसको स्वर्ण भण्डार २१७ अर्ब डलर पुग्यो, किन थुपार्यो यति धेरै सुन ?

रुसले हालै आफ्नो सुनको भण्डारलाई कीर्तिमानी स्तरमा पुर्‍याएको छ।...

युएईले अमेरिकामा १४ खर्ब डलर लगानी गर्ने

संयुक्त अरब इमिरेट्स (युएई) ले अमेरिकामा आगामी १० वर्षमा...

लक्ष्मी स्टीलले तिर्न थाल्यो विद्युत् बक्यौता, सर्वोत्तम सिमेन्टले बुझायो दोस्रो किस्ता

नवलपरासी .(बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा सञ्चालनमा रहेको लक्ष्मी स्टीलले...

बिलियन डलर बिजनेशको रुपमा परिचित आईपीएल आजदेखि

बहुप्रतीक्षित १८औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) आज शनिवारबाट...

पर्यटन बोर्ड र युएनडीपीबीच ५० लाख डलरको परियोजना सञ्चालन गर्ने सम्झौता

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपाल...
spot_img