समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा पुन: टीका निधि लोहनी नियुक्त भएका छन् । कम्पनीको मङ्सिर १४ गते बसेको संचालक समितिको बैठकले उनलाई पुन: सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।
उनको यस अघिको कार्यकाल मङ्सिर १४ गतेसम्म रहेको थियो । कम्पनीले मङ्सिर १५ गतेदेखि लागु हुने गरि उनलाई पुन: सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।











