मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको असोज १० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ६ प्रतिशत नगद लाभांश गरि कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल बैंकको चुक्ता पुँजी १ अर्ब २१ करोड ७१ लाख रहेको छ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।











