Wednesday, July 9, 2025

६७ प्रतिशतले बढ्यो कामना सेवा विकास बैंकको खुदनाफा, ३५ करोड लाभांश बाड्न मिल्ने

spot_img
spot_img

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जस अनुसार बैंकको खुद नाफा ६६.९० प्रतिशतले बढेको छ ।

यस अवधिमा बैंकले ६० करोड ३२ लाख खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा ३६ करोड १३ लाख मात्रै थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६ करोडबाट बढेर २ अर्ब १२ करोड पुगेको छ । बैंकको संचालन आम्दानी १ अर्ब ७९ करोडबाट बढेर २ अर्ब १८ करोड पुगेको छ भने संचालन मुनाफा ६३ करोड ९१ लाखबाट बढेर ९७ करोड ८४ लाख पुगेको छ । अघिल्लो आवको तुलनामा बैंकको प्रति शेयर आम्दानी ११ रुपैयाँ १ पैसाबाट बढेर १८ रुपैयाँ ३८ पैसा पुगेको छ ।

यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ३५ करोड ७८ लाख ८० हजार १ सय ९८ रुपैयाँ रहेको छ । बैंकको प्रति शेयर वितरणयोग्य मुनाफा १० रुपैयाँ ९१ पैसा रहेको छ ।

३ अर्ब २८ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा १ अर्ब ७५ करोड रहेको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img

राजनीतिमा आउनु अघि जहाँ थिए, त्यहि संस्थामा काम गर्न थाले बेलायतका पूर्व प्रधानमन्त्री सुनक

बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकले राजनीतिमा प्रवेश गर्नुअघिको आफ्नो करियरको...

बाढीको क्षति बुझ्न प्रधानमन्त्री नेतृत्वको टोली रसुवामा

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले रसुवास्थित भोटेकोशी नदीमा...

भोटेकोशीपछि लोमान्थाङमा ठूलो बाढी आयो, तिब्बतमा हिमताल बिस्फोटको आशंका

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण...

रसुवा प्रशासनले भन्यो, ‘गए रातिको बाढीले २० जना बेपत्ता भए, ६४ वटा गाडी बगायो’

जिल्ला प्रशासन कार्यालयले रसुवाले गए रातिको बाढीका कारण भएको...

क्यान महासंघ र चेम्बरबीच सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक सम्झौता

नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि (आईटी)...

गण्डकीले बनाउन लागेको विद्युत विधेयकमा इप्पानले दियो १० बुँदे सुझाव

गण्डकी प्रदेशको प्रस्तावित विद्युत् विधेयकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,...
spot_img