कामना सेवा विकास बैंकमा ०.५ प्रतिशत भन्दा धेरै शेयर स्वामित्व रहेका शेयरधनीको संख्या २५ रहेको छ। बैंकको २०८२ असार मसान्तसम्मको तथ्यांक अनुसार बैंकमा व्यक्तिगत र संस्थागत गरि ०.५ प्रतिशत भन्दा धेरै शेयर स्वामित्व हुने शेयरधनीको संख्या २५ रहेको हो ।
२०८१ असार मसान्तमा बैंकमा ०.५ प्रतिशत भन्दा धेरै शेयर स्वामित्व हुने शेयरधनीको संख्या २४ रहेको हो । हाल भने बैंकको ठूला शेयरधनीमा नेपाल लाइफ इन्स्योरेन्स प्रवेश भएसंगै संख्या २५ पुगेको हो । नेपाल लाइफ इन्स्योरेन्सले बैंकको १.०५९ प्रतिशत शेयर खरिद गरेर बैंकको सातौँ ठूलो शेयरधनी बनेको छ।
बैंकमा तुलसा पाण्डेको सर्वाधिक २.४३ प्रतिशत स्वामित्व रहेको छ भने इन्टेग्र सोर्सेस प्रालिको १.९९ प्रतिशत स्वमित्व रहेको छ। त्यस्तै सिता आचार्यको १.७५ प्रतिशत, श्रीराम पाण्डेको १.३८ प्रतिशत, सिताराम उप्रेतीको १.३६ प्रतिशत, तथा मदन खनालको १.०७ प्रतिशत स्वामित्व रहेको छ।
नेपाल लाइफ इन्स्योरेन्ससंग बैंकको १.०५ प्रतिशत स्वामित्व रहेको छ। अन्य शेयरधनीको भने १ प्रतिशत भन्दा कम स्वामित्व रहेको छ।
जसमा जनार्दन देव पन्तको ०.९७ प्रतिशत, राम प्रसाद पोखरेलको ०.९४ प्रतिशत, तथा रिब बहादुर थापाको ०.९३ प्रतिशत शेयर स्वामित्व रहेको छ।
हेर्नुस् बैंकमा ०.५ प्रतिशतभन्दा धेरै शेयर हुने शेयरधनी













