Monday, June 22, 2026
spot_img

२४२ प्रतिशतले बढ्यो मितेरी डेभलपमेन्ट बैंकको खुदनाफा, खराब कर्जा घट्यो

spot_img
spot_img

मितेरी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीले २ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद नाफा २४२.६१ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ७३ लाख ६१ हजार मात्र खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७७.२८ प्रतिशतले बढेर ७ करोड २९ लाख पुगेको छ। कम्पनीको संचालन आम्दानी ८२.०९ प्रतिशतले बढेर ८ करोड ६० लाख पुगेको छ । यस अवधिमा कम्पनीले सभावित जोखिमको लागि इम्पेयरमेन्ट चार्ज अन्तर्गत १ करोड ६० लाख रुपैयाँ छुट्याएको छ। कम्पनीको संचालन नाफा २४२.५८ प्रतिशतले बढेर ३ करोड ६० लाख पुगेको छ।

कम्पनीको वितरणयोग्य मुनाफा बढेर १७ करोड ७९ लाख पुगेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ८.२९ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १४३.२८ रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा १.८० प्रतिशतबाट घटेर ०.५५ प्रतिशत कायम भएको छ।

१ अर्ब २१ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ३४ करोड ८७ लाख रुपैयाँ रहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सातै प्रदेशमा कार्यक्रम गरेर नेपाल एसबिआई बैंकले मनायो अन्तर्राष्ट्रिय योग दिवस

नेपाल एसबिआई बैंक लि. ले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा...

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट...

मौद्रिक नीतिको लागि ब्रोकरको ६ बुँदे सुझाव, शेयर धितो कर्जाको गणना विधि परिमार्जन गर्न माग

स्टक ब्रोकर एसोसियसन अफ नेपालले आगामी मौद्रिक नीतिको लागि...

पीपीए गरेर काम नगरेका हाइड्रोको लाइसेन्स खारेज हुँदै, प्राधिकरणले माग्यो विवरण

नेपाल विद्युत प्राधिकरणले जलविद्युत र सौर्य उर्जा आयोजनाका प्रबर्दक...

सिभिल हस्पिटलको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकका लागि...

भूमी व्यवस्था मन्त्रालयद्वारा थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु

भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...
spot_img