Tuesday, August 18, 2026
spot_img

सिटिजन्स बैंकको साधारणसभा आह्वान, यस्ता छन् ८ प्रस्ताव

spot_img

सिटिजन्स बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले मङ्सिर १२ गते साधारणसभा आह्वान गरेको हो।

बैंकको साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष २०८१/८२ मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.२६३ प्रतिशत  नगद लाभांश गरि कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

बैंकले साधारणसभा प्रयोजनको लागि कार्तिक १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक १६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्तावहरु :

 साधारण प्रस्तावहरु
१. आ.व. २०८१ / ८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तको बैंक तथा बैंकको सहायक कम्पनीहरु सहितको एकीकृत वासलात र मिति २०८१/०४/०१ देखि २०८२/०३/३२ सम्मको नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्ने ।

३. सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार कर प्रयोजनार्थ ०.२६३ प्रतिशतका दरले हुन आउने रु. ३८,८६५,८२३.५९ बराबरको नगद लाभांश वितरण गर्न स्वीकृत गर्ने ।

४. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८२/८३ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

५ बैंकको नियमावली अनुसार समूह ‘क’ का संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक पद १ (एक) र समूह ‘ख’ का सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक पद ३ (तीन) निर्वाचन गर्ने ।

विशेष प्रस्तावहरु
१. सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार ५ प्रतिशतका दरले हुन आउने रु. ७३८, ४५०,६४८.३० बराबरको बोनस शेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने ।

२. (क) बैंकको प्रबन्धपत्रमा संशोधन गर्ने ।
(क-१) बैंकको अधिकृत पूँजी बृद्धि गर्ने सम्बन्धमा ।
(क-२) बैंकको जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गर्ने सम्बन्धमा ।

३. बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न अनुमति लिनु पर्ने निकायहरुबाट प्राप्त हुन आउने निर्देशन बमोजिम थपघट लगायत आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले...

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि...

आज कति छ सुनचाँदीको भाउ ?

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार...

सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको भदौ...
spot_img