Monday, May 25, 2026
spot_img

भारतको मुथुट फाइनान्सले नबिल बैंकको ११ लाख ९८ हजार कित्ता शेयर बेच्ने

spot_img
spot_img

नबिल बैंकको संस्थापक शेयरधनीको रुपमा रहेको भारतको मुथुट फाइनान्स लिमिटेड (Muthoot Finance Limited)ले आफ्नो नाममा रहेको नबिल बैंकको शेयर बेच्ने भएको छ । फाइनान्सले आफ्नो नाममा रहेको नबिल बैंकको ११ लाख ९८ हजार ५ सय ३१ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो ।

नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको ई.प्रा. निर्देशन नं. १०/०८१ बमोजिम उक्त शेयरहरू खरिद गर्नको लागि बैंकका विद्यमान संस्थापक शेयरधनीहरूलाई नै प्राथमिकता दिनुपर्ने व्यवस्था भए बमोजिम शेयर बिक्री गरिने बैंकले जनाएको छ। बैंकले आज सूचना जारी गर्दै ईच्छुक तथा योग्य विद्यमान संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, काठमाडौं स्थित कम्पनी सचिवको कार्यालयमा लिन चाहेको मूल्य खोली सूचनाको प्रकाशन मिति समेत उल्लेख गरी गोप्य खामबन्दी शिलबन्दी निवेदन दिन आग्रह गरेको छ।

उल्लिखित मितिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरिद गर्न निवेदन पर्न नआएमा प्रचलित कानूनी व्यवस्था अनुसार सो शेयरहरू अन्य व्यक्ति/ संस्थालाई विक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले उल्लेख अग्रेको छ ।

मुथुट फाइनान्स लिमिटेडले शेयर विक्रीको लागि पेश गरेको निवेदनमा उल्लिखित शर्त बमोजिम शेयर खरिदको लागि प्राप्त आवेदनमा उल्लिखित मुल्यमा शेयर बिक्री गर्ने वा नगर्ने विषयमा अन्तिम निर्णय मुथुट फाइनान्स लिमिटेडमा निहित रहेको बैंकले प्रष्ट पारेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

जापानद्वारा भारतीय आँपको आयातमा प्रतिबन्ध

जापानले यो सिजनमा भारतबाट ताजा आँपको आयात पूर्ण रूपमा...

सुर्तीजन्य पदार्थमा लाग्ने कर वृद्धि गर्न सांसदको आग्रह

सांसदहरूले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गर्न आग्रह...

बाजुरा र हुम्लाको सीमा विवादबारे अध्ययन गर्न समिति गठन

सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको...

अर्थतन्त्र उकास्न बंगलादेशको केन्द्रीय बैंकले ल्यायो ६ खर्बको प्याकेज, तरलता पनि व्यवस्थापन

बंगलादेशको केन्द्रीय बैंक (बंगलादेश बैंक) ले अर्थतन्त्रलाई गति दिन...

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पीक्स’ सार्वजनिक

प्रिमियर डिस्टिलरी लिमिटेडले ‘८ पीक्स’ नामक नयाँ ब्राण्ड बजारमा...
spot_img