भारतको मुथुट फाइनान्सले नबिल बैंकको ११ लाख ९८ हजार कित्ता शेयर बेच्ने

spot_img

नबिल बैंकको संस्थापक शेयरधनीको रुपमा रहेको भारतको मुथुट फाइनान्स लिमिटेड (Muthoot Finance Limited)ले आफ्नो नाममा रहेको नबिल बैंकको शेयर बेच्ने भएको छ । फाइनान्सले आफ्नो नाममा रहेको नबिल बैंकको ११ लाख ९८ हजार ५ सय ३१ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो ।

नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको ई.प्रा. निर्देशन नं. १०/०८१ बमोजिम उक्त शेयरहरू खरिद गर्नको लागि बैंकका विद्यमान संस्थापक शेयरधनीहरूलाई नै प्राथमिकता दिनुपर्ने व्यवस्था भए बमोजिम शेयर बिक्री गरिने बैंकले जनाएको छ। बैंकले आज सूचना जारी गर्दै ईच्छुक तथा योग्य विद्यमान संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, काठमाडौं स्थित कम्पनी सचिवको कार्यालयमा लिन चाहेको मूल्य खोली सूचनाको प्रकाशन मिति समेत उल्लेख गरी गोप्य खामबन्दी शिलबन्दी निवेदन दिन आग्रह गरेको छ।

उल्लिखित मितिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरिद गर्न निवेदन पर्न नआएमा प्रचलित कानूनी व्यवस्था अनुसार सो शेयरहरू अन्य व्यक्ति/ संस्थालाई विक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले उल्लेख अग्रेको छ ।

मुथुट फाइनान्स लिमिटेडले शेयर विक्रीको लागि पेश गरेको निवेदनमा उल्लिखित शर्त बमोजिम शेयर खरिदको लागि प्राप्त आवेदनमा उल्लिखित मुल्यमा शेयर बिक्री गर्ने वा नगर्ने विषयमा अन्तिम निर्णय मुथुट फाइनान्स लिमिटेडमा निहित रहेको बैंकले प्रष्ट पारेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपाल टेलिकमको ईन्टरनेट अफर: जडानमा ५०० छुट, १२ महिनाको शुल्कमा १३ महिना सेवा

नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा इन्टरनेट...

एमजी हेक्टर टोमहक ईभीको बिक्री सुरु, मूल्य ५७ लाख ९९ हजार

नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाको आधिकारिक बिक्रेता जीओ...

दिव्यज्योति हाइड्रोपावरको एजीएम सम्पन्न, पहिलो वर्षबाट नै लाभांश दिने प्रतिवद्दता

दिव्यज्योति हाइड्रोपावर लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको...

सिद्धार्थ बैंकको एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सञ्चालनमा

सिद्धार्थ बैंकले एपीआई बैंकिङ प्लेटफर्म ‘र्‍यापिड’ सञ्चालनमा ल्याएको छ।...

दार्चुला पावरको साधारणसभा सम्पन्न, एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य

दार्चुला पावर लिमिटेडको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको...

बैंकहरुलाई शाखा मर्ज गर्न आधा दर्जन नयाँ व्यवस्था, कर्मचारी हटाउन नपाइने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शाखा मर्ज...