Monday, May 25, 2026
spot_img

सार्वजनिक सवारीको दर्ता रोकिएकोमा अटो व्यवसायी असन्तुष्ट, खोजे स्पष्ट कारण

spot_img
spot_img

सरकारले सार्वजनिक यातायातको दर्ता रोकेपछि अटोमोबाइल्स व्यवसायी असन्तुष्ट बनेका छन् । अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एशोसिएन अफ नेपालले दर्ता रोक्नुको स्पष्ट कारण खुलाउन माग गरेको छ ।

सरकारले सार्वजनिक यातायातको दर्ता रोक्न देशभरीका यातायात कार्यालय र प्रदेशस्थित कार्यालयहरुलाई निर्देशन दिएपछि बसेको नाडाको आकस्मिक बैठकल नयाँ सार्वजनिक सवारीको दर्ता प्रक्रिया रोक्ने निर्णय गरिनुको कारण खुलाउन माग गरेको हो ।

नाडाले बिना छलफल र पूर्व जानकारी सवारी दर्ता प्रक्रिया रोकिएको भन्दै यसको स्पष्ट कारण र उद्देश्य प्रष्ट पार्न सरकार समक्ष माग गरेको हो । नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती (सुरेश)ले सार्वजनिक सवारी साधनको दर्ता रोक्ने निर्णयले व्यवसायीसहित सरकारकै राजस्वमा समेत गम्भीर असर पर्नेतर्फ ध्यान दिन सरकारलाई अनुरोध गरेका छन् । अनिश्चित कालका लागि दर्ता रोकिनु न्यायोचित नभएको भन्दै कति समयका लागि रोकिएको हो भन्ने सन्दर्भमा समेत प्रष्ट जानकारी नदिई गरिएको निर्णयले गम्भीर संकट निम्त्याउन सक्ने नाडाको चिन्ता छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

जापानद्वारा भारतीय आँपको आयातमा प्रतिबन्ध

जापानले यो सिजनमा भारतबाट ताजा आँपको आयात पूर्ण रूपमा...

सुर्तीजन्य पदार्थमा लाग्ने कर वृद्धि गर्न सांसदको आग्रह

सांसदहरूले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गर्न आग्रह...

बाजुरा र हुम्लाको सीमा विवादबारे अध्ययन गर्न समिति गठन

सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको...

अर्थतन्त्र उकास्न बंगलादेशको केन्द्रीय बैंकले ल्यायो ६ खर्बको प्याकेज, तरलता पनि व्यवस्थापन

बंगलादेशको केन्द्रीय बैंक (बंगलादेश बैंक) ले अर्थतन्त्रलाई गति दिन...

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पीक्स’ सार्वजनिक

प्रिमियर डिस्टिलरी लिमिटेडले ‘८ पीक्स’ नामक नयाँ ब्राण्ड बजारमा...
spot_img