Friday, April 10, 2026
spot_img
spot_img

१२ करोडसम्म आवासीय घर कर्जा दिँदै ग्लोबल आईएमई बैंक, ९ प्रतिशतभन्दा कम ब्याजदर

spot_img
spot_img

ग्लोबल आइएमई बैंक लिमिटेड र भूमि डेभलपर्स प्रा.लि. तथा प्यासिफिक डेभलपर्स प्रा.लि. बिच हरित आवास कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी अनुसार बैंकले ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा नं ३, किटिनीस्थित भूमि डेभलपर्स तथा प्यासिफिक डेभलपर्सले निर्माण गर्ने वातावरण मैत्री आवासीय घर खरिदकर्ताहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्नेछ ।

बैंकले भूमि तथा प्यासिफिक डेभलपर्स प्रा.लि.ले बिक्री गर्ने वातावरण मैत्री आवासीय घरहरु खरिद गर्न चाहने ग्राहकलाई ३ कार्यदिन भित्र सरल र सहज कर्जा प्रवाह गर्नेछ । यसका साथ–साथै ग्लोबल आइएमई बैंक भूमि तथा प्यासिफिक डेभलपर्स प्रा.लि.ले निमाण गर्ने परियोजनाको बंैकिङ् पार्टनरको रुपमा समेत रहनेछ ।

उक्त समझदारी पत्रमा बैंककोतर्फबाट साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र डेभलपर्सकातर्फबाट संचालक वेंकटेश मुन्दराले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकले १२ करोड रुपैयाँसम्म प्रवाह गर्ने हरित आवासीय घर कर्जा ७ वर्षसम्मको अवधिका लागि ८.९९ प्रतिशत स्थिर ब्याजदर र सोपश्चात् कूल कर्जा अवधिको अधिकतम ३० वर्षसम्मका लागि १.७५ प्रतिशतको प्रिमियम दरमा उपलब्ध हुनेछ ।

बैंकका अनुसार इको–फ्रेन्डली घर÷भवन र अपार्टमेन्टहरूको निर्माण गर्न, पर्यावरण–मैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याटहरू खरिद गर्नका लागि यो कर्जा लिन सकिनेछ । यसका साथै वातावरणमैत्री उपायहरू अवलम्बन गर्ने क्रममा विद्यमान भवनहरूलाई पर्यावरणमैत्रीमा स्तरोन्नति तथा इको–फ्रेन्डली भवनहरूको मर्मतसम्भारका लागि समेत यस कर्जाको उपभोग गर्न सकिनेछ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अब घरबाटै पेन्सन पाउन सकिने, बैंक जानु पर्ने बाध्यता हट्यो

सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीहरूको निवृत्तभरण व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यलाई...

उपसभामुखको निर्वाचनमा एमालेले कसैलाई पनि मतदान नगर्ने

प्रतिनिधिसभाको उपभामुख पदको निर्वाचनमा नेकपा एमालेले मतदान नगर्ने भएको...

नेप्सेमा २ वटा कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ वटा कम्पनीको बोनस शेयर...

वर्षौदेखि रुग्ण भई बसेका आयोजनाहरू पहिला सम्पन्न गर्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले देशलाई थप...

नयाँ वर्षमा शेयरबजारमा ५ नयाँ व्यवस्था हुँदै, शेयर मूल्य १५ प्रतिशतसम्म घटबढ हुन पाउने

२०८३ को सुरुवातसंगै शेयरबजारमा पनि केही नयाँ सुरुवात हुने...

निगमले भन्यो, ‘दैनिक १ लिटर पेट्रोल बचाउनुस्’

नेपाल आयल निगमले सेवाग्राहीहरुलाई इन्धनको बचत गर्न अनुरोध गरेको...
spot_img